आँधीखोले अर्सा रोटी बनाउने तालिम गल्याङमा शुरु ।
आँधीखोला खवर/गल्याङ् :
आँधीखोले अर्सा रोटी बनाउने तालिम गल्याङमा शुरु भएकोछ । गल्याङ नगरपालिकाको आर्थिक सहयोगमा तीन दिने रोटी बनाउने तालिम शुरु भएको हो । तालिमको उद्दघाटन गर्दै गल्याङ नगरपालिका उपप्रमुख देवीसरा थापा मगरले व्यवहारिक एवं शिपमुलक तालिम भएकाले लगनशिल भएर सिक्न सवैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत ईश्वरी प्रसाद पाण्डे,दीपक प्रसाद अधिकारी लगायतले बोलेका थिए । नगरपालिकाका सवै वडाका गरी ३५ जनाको सहभागिता रहेको तालिम संयोजक दल बहादुर सिंजालीले जानकारी दिनभयो । तालिममा आँधीखोले अर्सा रोटीका अभियान्ता शालिकराम गैह्रेले प्रशिक्षण दिनुहुने गल्याङ नगरपालिकाले जनाएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


