आँधीखोला गाँउपालिकले निर्माण गर्ने वहुउद्देश्यीय भवनको शिलन्यास ।

राधाकृष्ण डुम्रे
आँधीखोला गाँउपालिकाले निर्माण गर्न लागेको वहुउद्देश्यीय सभाहल तथा सपिङ्ग कम्प्लेक्सको विहिवार शिलान्यास गरिएको छ । भवनको गण्डकी प्रदेश आर्थिक मामिला तया योजना मन्त्री किरण गुरुङले शिलन्यास गर्नु भएको हो ।
शिलन्यास कार्यक्रममा वोल्दै मन्त्री गुरुङले संवृद्धि यही सरकारको पालमा आउने बताउनु भयो । उहाँले पहिलो वर्ष कानुन बनाउन र नीति नियम तयार गर्न लागको भन्दै अव आफूहरु काममा लागि परेको जानकारी दिनुभयो । स्थानीय सरकार बने पछि परिवर्तनको छनक जनताले पाईसकेको भन्दै गुरुङले भन्नुभयो ३ वटै सरकारको सहकार्यमा काम भईरहेको छ ।
मन्त्री गुरुङले एक हजार अमेरिकी डलर भन्दा केही वढी रहेको गण्डकी प्रदेशको प्रति व्यक्ती आयलाई आगामी ४ वर्षमा २ हजार देखि २५ सय अमेरिकी डलरको हाराहारीमा पुर्याउने लक्ष्य रहेको जानकारी दिनुभयो ।


कार्यक्रममा आँधीखोला गाँउपालिकाका अध्यक्ष सुधिर पौड्यालले भवन निर्माण पश्चात गाँउपालिकाको आर्थिक प्रगती वढ्ने जानकारी दिनुभयो । आफूहरु गाँउपालिकाका जनताको हितलाई केन्द्रमा राखेर काम गरिरहेको बताउनु भयो । उहाँले वहुउद्देश्यीय सभाहल तथा सपिङ्ग कम्प्लेक्स रु २ करोड १७ लाख ४० हजारको लागतमा निर्माण हुन लागको जानकारी दिनुभयो ।
शिलन्यास कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य सीता थापा, नेकपाका भवानी ढकाल, नेपाली कांग्रेसका प्रदिप पौडेल,समाजवादी पार्टीका ख्याम नारायण ढकाल, राप्रपाका गढेश ढकाल,गाँउ पालिकाका प्राविधिक शाखा प्रमुख प्रकाश पौडेल, मुक्तीनाथ कन्स्ट्रक्सन प्रालीका कृष्ण पोख्रेल लगायतले बोलेका थिए ।


आँधीखोला गाँउपालिकाका अध्यक्ष सुधिर पौड्यालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत गाँउपालिकाका उपाध्यक्ष शर्मिला पौड्याल र धन्यवाद वडा नम्वर ५ का अध्यक्ष कृष्ण पौडेलले गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन गाँउपालिकाका प्रमुख प्रशासकीय उज्वल भुषालले गर्नु भएको थियो ।

Facebook Comments Box
TOP