अर्जुनचौपारीको पञ्चकन्या बहुमुखी क्याम्पसको अध्यक्षमा ललित थापा निर्वाचित ।

आँधीखोला खवर / अर्जुनचौपारी :
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा रहेको पञ्चकन्या बहुमुखी क्याम्पसको अध्यक्षमा ललित थापा निर्वाचित हुनुभएको छ । शनिवार सम्पन्न ५ औँ साधारण सभा तथा तेस्रो अधिवेसनबाट थापालाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरिएको हो ।
अधिवेसनले थापाको अध्यक्षतामा ९ सदस्यीय क्याम्पस सञ्चालक समितिको निर्वाचित गरेको हो । सदस्यहरुमा बाबुराम थापा, खडानन्द पौडेल, अर्जुन काफ्ले, जनकराज खनाल, क्षेत्रबहादुर रोका, नन्दकला खड्का, चक्रपाणी भुसाल रहनुभएको छ भने एक सदस्य पछि थप गरिनेछ ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष पे्रेमबहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रेमप्रसाद देवकोटा गर्नुभएको थियो । नवनिर्वाचित अध्यक्ष थापाले क्याम्पसको शैक्षिक अभिवृद्धिका लागि निरन्तर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
समाचार
थप सामाग्री-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
४ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ…


