७ दिने मौरी पालन तालिम सकियो

आँधीखोला समाचार डेस्क आँधीखोला समाचार डेस्क २३ बैशाख २०७६, सोमबार ०७:१२

आँधीखोला खवर
घरेलु तथा साना उद्योग बिकास समिति स्याङ्जाले आधिखोला गाउँपालिकाको समन्वयमा ७ दिने मौरी पालन तालिमको समापन गरेको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले तालिममा सहभागीहरुलाई ब्यवसायिक बन्न आग्रह गर्नुभयो । उत्पादन गर्न चाहने उद्यमीलाई सहयोग र ब्यपारको प्रबन्ध गाउँपालिकाले गर्ने बताउनुभयो ।

लौ ज्ञानको सदुपयोग गर्नुहोस् : तालिम पश्चात प्रमाणपत्र प्रदान गर्दै आँधीखोला गाँउपालिकाका अध्यक्ष सुधिर पौडेल ।


कार्यक्रममा घरेलु तथा साना उद्योग बिकास समिति स्याङ्जाले प्रमुख कृष्ण पोख्रेल, प्रमुख प्रसासकिय अधिकृत उज्वल भुसाल, सहभागी लक्ष्मी ढकाल लगायतले मन्तब्य राख्नु भएको थियो । तालिमको सहजिकरण इश्वपरी प्रसाद ढकाल, गणेश अधिकारीले गर्नु भएको थियो । गाउँपालिका उपाध्यक्ष शर्मिला पौडेललको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन कृष्ण लम्सालले गर्नु भएको थियो ।

Facebook Comments Box
यो पनि पड्नुहोस..  लोकसेवाकाे दरखास्त दिने म्याद एक हप्ता थपियाे

ताजा अपडेट

धेरै कमेन्ट गरिएका