१५ खर्ब ३२ अर्बकाे बजेट सार्वजनिक ।

काठमाण्डाै – सरकारले आउँदो आर्थिक वर्षका लागि बजेट १५ खर्ब ३२ अर्ब ९६ करोड ७१  लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । यसमध्ये  चालुतर्फ ९ खर्ब ५७ अर्ब १० करोड रुपैयाँ छुट्याएको छ भने पूँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ लाख र वित्तिय व्यवस्थातर्फ १ खर्ब ६७ अर्ब ८५ करोड रुपैयाँ खर्च छुट्याएको छ । सामाजिक सुरक्षा भत्तादेखि सांसदलाई बजेटसम्मका कार्यक्रम समेटेर सरकारले लाेकप्रिय बजेट ल्याएकाे छ ।

बजेटको स्रोत जुटाउन सरकारलेराजश्वबाट ९ खर्ब ८१ अर्ब  १३ करोड उठाउने, वैदेशिक अनुदानबाट ५७ अर्ब ९९ करोड जुटाउने योजना छ । अपुग ४ खर्ब रुपैयाँ मध्ये २ खर्ब ९८ अर्ब वैदेशिक ऋणबाट र अरु१ खर्ब ९५ अर्ब आन्तरिक ऋणबाट पूर्ति गरिने बजेटमा उल्लेख छ । 

Facebook Comments Box
TOP