हिन्दू धर्म पुजाविधि सम्बन्धी प्रशिक्षण कार्यक्रम
टिकाराम अधिकारी / गल्याङ :
स्याङ्जाको गल्याङमा एक दिने हिन्दू धर्म सम्बन्धी पुजाविधि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बैदिक धर्म परिषद नेपाल जिल्ला कार्य समिति स्याङ्जाको आयोजनामा भानुभक्त माविमा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै गल्याङ नगरपालिका वाड नं ३ का वडाअध्यक्ष महेश भट्टराइले नेपाल बहुभाषिक,बहुधार्मिक र बहुसांस्कृतिक देश भएको बताउदै हरेक जातजातिले आ—आफ्नो धर्म संस्कार र संस्कृतिको संरक्षण गर्नु पर्नेमा जोड दिनुभया । धर्मले मानिसलाई नैतिकवान बनाउने बताउदै हरेक मानिस धार्मिक बन्नु पर्ने भट्टराईले बताउनुभयो कार्यक्रममा भानुभक्त आचार्य माविका पूर्व स्रोतव्यक्ति लेखनाथ चापागाई, जगत्रदेवी साहित्य संगमका अध्यक्ष सूर्य प्रसाद डुम्रे,शान्तिदीप आमा समृहकी अध्यक्ष विष्णु कुमारी चापागाई लगायतले बोल्नु भएको थियो ।
शान्ति दिप आमा समृहका ४० जना महिलाहरुको सहभागिता रहेको कार्यक्रममा बैदिक धर्म परिषद नेपाल जिल्ला कार्य समिति स्याङ्जाका अध्यक्ष श्यामलाल रिजाल र सचिव भविश्वर न्यौपानेले प्रशिक्षण गर्नु भएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


