हावाहुरीसहित वर्षा हुने, सचेत रहौं

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले बिहीबार सचेत रहन आग्रह गरेको छ । महाशाखाले देशका अधिकांश भू–भागमा आंशिक बदली रही केही स्थानहरुमा मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाले अपरान्हपछि हावाहुरीसहितको वर्षा हुने बताएको हो । देशका अधिकांश भूभागमा आंशिक बदलि रहेता पनि देशका पश्चिमी र मध्य भूभागमा आशिंकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ।
साथै देशका पूर्वी भूभागका पहाडी क्षेत्रमा पनि आशिंकदेखि सामान्य बदली हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
रातिको समयमा देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना छ ।
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…