स्वरेकमा एक हप्ते बाख्रा पालन सम्बन्धी तालिम ।

कला राना / वालिङ :

भिरकोट नगरपालिका ५ स्वरेकमा गरिबी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम अन्र्तगत ७ दिने बाख्रा पालन सिप बिकास तालिम शुरु भएको छ । कार्यक्रममा नगर प्रमुख छायाराम खनालेले सिपमुलक तालिम लिएर आर्थिक उर्पाजन तर्फ लाग्न सहभागिहरुलाई आग्रह गर्नुभयो । तालिम पश्चात व्यवसायिक रुपमा अगाडि बढ्न चाहानेहरुका लागि नगरपालिकाले समेत सहयोग गर्ने बताउनुभयो । साथै उहाँले युवाहरुलाई आफ्नै गाउँठाउँमा स्थापित हुनका लागि यस्ता सिपमुलक तालिमले निकै फाईदा पुग्ने बताउनुभयो ।

१६ जनाको सहभागिता रहेको तालिममा प्रशिक्षक कृष्णप्रसाद पौडेलले बाख्रा पालन गर्दा ध्यान दिनुपर्ने विषय, बाख्राका समस्या, समस्याका निराकरणलगायतका विषयमा सहजीकरण गर्नुहुनेछ । वडा अध्यक्ष यामप्रसाद अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । सूर्याेदय क्लव स्याङ्जाको आयोजना र घरेलु तथा साना उद्योग विकास समिति स्याङ्जाको सहयोग शुरु भएको तालिम १२ गतेसम्म सञ्चालन हुनेछ ।

Facebook Comments Box
TOP