स्याङ्जा सहयोग समाज यूएई आबुधावी क्षेत्रिय समितिद्वारा अपाङ्घलाई आर्थिक सहयोग ।

कला राना / वालिङ :
स्याङ्जा सहयोग समाज यूएई आबुधावी क्षेत्रिय समितिद्वारा अपाङ्घलाई आर्थिक सहयोग गरेको छ । स्याङ्जा जन्मथलो भई यूएई आबुधावीमा रोजगारीका शिलशिलामा गएका स्याङजालीहरुद्वारा संकलित रकम जिल्लाका १९ जना अपाङ्घहरुलाई नगद प्रदान गरेको समितिका अध्यक्ष नारायण डुम्रेले जानकारी दिनुभयो ।
१ जना अति असक्त र घरमा समेत आर्थिक अभाव भएकालाई १० हजार र १८ जना आंशिक अपाङ्घहरुलाई ५/५ हजारका दरले १ गरी १९ जनालाई १ लाख नगद सहयोग गरिएको हो । भिन्न क्षमता भएका गल्याङ १० का पुर्ण घर्तीले आफ्नो परिवार पाल्न विदेशी भुमीमा पसिना बगाउनुभएको दाजुभाई दिदिबहिनीहरुले यसरी आफ्ना जिल्लाका असक्तहरुलाई सहयोगीको भावना राख्नु निकै प्रशंसनीय कार्य रहेको बताउनुभयो । समितिद्वारा प्राप्त ५ हजार रकमले आँफूजस्तै १९ जनालाई धेरै राहत मिलेको घर्तीको प्रतिक्रिया छ ।

सहयोग हस्तान्तरण गर्दै वालिङ नगरपालिकाका प्रमुख,उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, क्षत्रीय समिति आवुधावीका अध्यक्ष लगायत ।
तस्वीर-निर्भिकनारायण भूर्तेल


कार्यक्रममा नगरप्रमुख दिलिपप्रताप खांणले भिन्न क्षमता भएकाहरुको क्षमता विकास गरी उनीहरुलाई आर्थिक रुपमा सबल बनाउन नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “रातो कार्ड पाएका पुर्ण असक्त बाहेक, निलो, पँहेलो, सेतो कार्ड पाउनेहरुलाई सिप हस्तान्तरण गर्न आवश्यक छ ।” समाजमा भिन्न क्षमता भएकारुलाई सिप हस्तान्तरण गरी उनीहरुलाई समाजमा स्थापित गराउने दायित्व, कर्तव्य हामी सबैको भएकाले भन्दै समाजको कार्य निकै सराहनीय रहेको बताउनुभयो । प्राप्त रकमको सहि सुपयोग गरी आफ्नो क्षमताले सक्ने कार्यमा लागि आफ्नो पहिचान स्थापितमा लाग्नुपर्ने उहाँको भनाई थियो ।


कार्यक्रममा उपप्रमुख कल्पना तिवारीले खाडीको प्रचण्ड गर्मीमा पसिना बगाएर आफ्नो गाउँठाँउको लागि केहि गरौँ भन्ने भावनाका साथ लाग्नुभएका स्याङ्जाली मनहरु वास्तमै नमुना रहेको बताउनुभयो । कार्यक्रममा नेकपाका वालिङ नगरकमिटि अध्यक्ष राजेन्द्र डुम्रेले हरेक व्यक्तिमा कुनै न कुनै क्षमता हुने भएकाले क्षमतालाई पहिचान हुन सकेमा फरक क्षमता भएकाहरु समेत समाजमा प्रतिष्ठित हुन सक्ने बताउनुभयो । समितिका अध्यक्ष नारायण डुम्रेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन आँधीखोला खवर डटकमका प्रधान—सम्पादक राधाकृष्ण डुम्रेले गर्नुभएको थियो ।
समाजले यो भन्दा पनि विभिन्न व्यक्ती तथा समुदायलाई सहयोग गर्दै आईरहेको अध्यक्ष डुम्रेले बताउनु भयो । उहाँले केही समय पहिले गल्याङ् सालवुटाका नेत्र प्रसाद भुषाललाई रु ७२ हजार सहयोग गरेको जानकारी दिनुभयो । भुषाल बारी जोत्ने क्रममा करेन्ट लागेर गम्भिर घाईते हुनु भएको समितिले जनाएको छ ।
स्याङ्जा घर भएर युएईमा कार्यरत नेपालीहरुले खोलेको स्वयंसेवी एवं साझा संस्थामा सवैको आवद्धता रहेको अध्यक्ष नारायण डुम्रेले बताउनु भयो । आवुधावी क्षेत्रिय समितिका उपाध्यक्ष विक्रम ठकुरी, सचिव सन्दीप खनाल, सहसचिव सुरज खनाल, कोषाध्यक्ष शारदा डुम्रे र सहकोषाध्यक्ष जीवन अर्यालको सक्रियतामा रकम संकलन गरिएको कार्यक्रममा जानकारी गराईएको थियो । विगत लामो समय देखि विदेशमा क्रियाशिल स्याङ्जा समाज युएईका केन्द्रिय सल्लाहकारहरुले समेत सहयोग रकम संकलनमा महत्वपूर्ण योगदान रहदै आएको अध्यक्ष डुम्रेले जानकारी दिनुभयो । अध्यक्ष एवं सल्लाहकारहरु चन्द्र रोका, सोवित थापा, राजेश दर्शन अर्याल लगायतको सक्रियतामा स्याङ्जामा सहयोगका विविध गतिविधीहरु सञ्चालन भईरहेकाछन् ।

Facebook Comments Box
TOP