स्याङ्जाको मिर्मीमा फेला परेको शंकास्पद बस्तु ईट्टा भएको पुष्टी ।

आँधीखोला खवर/ वालिङ :
विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दको प्रभाव स्याङ्जामा आंशिक रुपमा पर्यो । जिल्लाका शैक्षिक संस्थाहरु पूर्ण रुपमा वन्द रहे भने दिन भर लामो तथा छोटो दुरीका सवारी पनि चलेनन् । बजार भने केहि खुलेको थियो । साँझ परे पछि भने लामो दुरीको सवारी सधान चल्न थालेकाछन् । सरकारी कार्यालय भने खुल्लै रहेपनि सेवा ग्राहीको चाप शुन्य प्राय थियो ।

यसैवीच सोमबारको कालीगण्डकी गाउँपालिका-७ मिर्मीमा फेला परेको शंकास्पद वस्तु ईट्टा भएको पुष्टी भएको छ । मिर्मि बजार स्थित ईटालीचोकमा सेतो कपडाले बेरीे माथिबाट रातो कपडाको डोरीले बाँधेर भित्रबाट तार बाहिर निकालिएको अवस्थामा शंकास्पद वस्तु भेटिएपछि स्थानीयवासी त्रसिद भएका थिए ।
वडा प्रहरी कार्यालय वालिङबाट प्रहरी निरिक्षक ईन्द्रप्रसाद चोधरीको नेतृत्वमा खटिएको टोलीले शंकास्पद वस्तु निष्कृय गर्दा ईटा भएको पाईएको हो । बन्दका क्रममा स्याङजा दिन भर शान्त रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता /प्रहरी निरिक्षक विजय कुमार सिंहले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…