स्याङ्जाको मिर्मीमा फेला परेको शंकास्पद बस्तु ईट्टा भएको पुष्टी ।
आँधीखोला खवर/ वालिङ :
विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दको प्रभाव स्याङ्जामा आंशिक रुपमा पर्यो । जिल्लाका शैक्षिक संस्थाहरु पूर्ण रुपमा वन्द रहे भने दिन भर लामो तथा छोटो दुरीका सवारी पनि चलेनन् । बजार भने केहि खुलेको थियो । साँझ परे पछि भने लामो दुरीको सवारी सधान चल्न थालेकाछन् । सरकारी कार्यालय भने खुल्लै रहेपनि सेवा ग्राहीको चाप शुन्य प्राय थियो ।

यसैवीच सोमबारको कालीगण्डकी गाउँपालिका-७ मिर्मीमा फेला परेको शंकास्पद वस्तु ईट्टा भएको पुष्टी भएको छ । मिर्मि बजार स्थित ईटालीचोकमा सेतो कपडाले बेरीे माथिबाट रातो कपडाको डोरीले बाँधेर भित्रबाट तार बाहिर निकालिएको अवस्थामा शंकास्पद वस्तु भेटिएपछि स्थानीयवासी त्रसिद भएका थिए ।
वडा प्रहरी कार्यालय वालिङबाट प्रहरी निरिक्षक ईन्द्रप्रसाद चोधरीको नेतृत्वमा खटिएको टोलीले शंकास्पद वस्तु निष्कृय गर्दा ईटा भएको पाईएको हो । बन्दका क्रममा स्याङजा दिन भर शान्त रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता /प्रहरी निरिक्षक विजय कुमार सिंहले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
बैंङिक क्षेत्रमा उच्चस्तरीय पहिचान बनाएका ढकाललाई स्याङ्जा काँग्रेसले गर्यो उम्मेद्वार सिफारिस
-
एनपिएल दोस्रो सिजनको उपाधि लुम्बिनीलाई
-
बिरुवा गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालन
-
अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध : हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गरिने ।
-
मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
वालिङ सडक खाना महोत्सवको समय थपियाे
१ हप्ता अगाडि
वालिङ : वालिङमा जारी प्रथम वालिङ सडक खाना महोत्सवको समय १ दिन थप गरिएको छ । “हाम्रो नगरमा हाम्रै खाना…


