स्याङ्जाको उत्ररबाहिनी क्षेत्रमा गुरुकुल शिक्षा आरम्भ

कला राना /वालिङ् , स्याङ्जाको गल्याङ नगरपालिका १ मालुङ्गा र पाल्पाको रम्भा गाउँपालिका १ ओर्सेदीमा पर्ने उत्तर बाहिनी क्षेत्रमा गुरुकुल शिक्षा आरम्भ भएको छ । कार्यक्रममा रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले दुई प्रदेश तथा दुई जिल्लाको सिमानामा स्थापित गुरुकुलले दुई जिल्ला मात्र नभई विभिन्न जिल्लाबाट गुरुकुल शिक्षा लिन चाहानेका लागी नमुना बन्ने बताउनुभयो ।
कार्यक्रममा गल्याङ नगरपालिका १ का वाड अध्यक्ष गणेश प्रसाद बस्याल, रम्भा गाउपालिका १ का वडाअध्यक्ष कृष्ण प्रसाद रेग्मी, नन्दलाल बस्याल, हरि गिरि लगायतले सुभकामना मन्तव्य दिनु भएको थियो ।
कालीगण्डकी गुरुकुल शिक्षाका अध्यक्ष पदम प्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कोषाध्यक्ष गुरुप्रसाद अर्याल र संचालन कालीगण्डकी ज्ञानबिज्ञान प्रतिष्ठानका सचीव सोमनाथ न्यौपानेले गर्नु भएको थियो । गुरुकुल उद्दघाटनका अवसरमा १२ जना भर्ना भएका छन् ।
समाचार
थप सामाग्री
गल्याङमा ५० वटा विउ बंगुर वितरण
१ हप्ता अगाडि
गल्याङ : स्याङ्जाको गल्याङ नगरपालिकामा विउ बंगुरको बच्चा वितरण गरिएको छ । आर्थिक सम्वृद्विका लागि साझेदारी कार्यक्रम अन्तर्गत दुई वटा…