स्याङ्जाका कलाकारहरुद्धारा प्रतिष्ठानको भवन निर्माण गर्न ५१ हजार सहयोग ।


आँधीखोला खवर / काठमाण्डौं :
स्याङ्जाका कलाकारहरुको साझा संस्था स्याङ्जा स्रष्टा सदनले राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको भवन निर्माणका लागि रु ५१ हजार १ सय ५ रुपैया सहयोग गरेको छ ।
स्याङ्जा स्रष्टा सदनको शुक्रवार बसेको दोस्रो बैठकले भवन निर्माणका लागि सहयोग गर्ने निर्णय गरेको सदनका महासचिव घनश्याम रिजालले जानकारी दिनुभयो ।

स्याङ्जा स्रस्टा सदनले शुक्रबार नै भवन निर्माण स्थलमा पुगेर प्रतिष्ठानका अध्यक्ष वद्री पंगेनीलाई नगद हस्तान्तरण गरेको महासचिव रिजालले जानकारी दिनुभयो । नगद हस्तान्तरणका लागि सदनका बरिष्ठ उपाध्यक्ष पशुपति शर्मा सहतिको टोली भवन निर्माण स्थल काठमाण्डौंको धापासी पुगेकोल थियो ।

समाचार
थप सामाग्री
वालिङमा तमु भाषा खेमा लिपि प्रशिक्षण
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङमा तमु भाषा सम्बन्धी ३ दिनको प्रशिक्षण शुरु भएको छ । तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय…