सभामुखले महराले भने– मिडिया काउन्सिल विधेयकलाई प्रेसमैत्री बनाउन पहल गर्छु
३० वैशाख, काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संसद्मा दर्ता मिडिया काउन्सिलसम्बन्धी विधेयक प्रेसमैत्री बनाउन पहल गर्ने बताएका छन् । विधेयक फिर्ताको माग राख्दै चरणबद्ध अान्दोलनमा रहेका नेपाल पत्रकार महासंघ,प्रेस काउन्सिल,विभिन्न पत्रकार सम्बद्ध संघ संगठनका पदाधिकारीहरु संग उनले यस्तो प्रतिवद्धता जनाएका हुन । यस अगाडि पटकपटक पटकपटक सूचना तथा सञ्चार मन्त्री भईसकेका सभामुख महराले विधेयकमा सञ्चार जगतको सरोकारबारे संसद्, संसदीय समितिमा पर्याप्त छलफल हुनुपर्छ र हुने वातावरण बनाउन सहयोग गर्ने आश्वासन पनि दिए ।

ज्ञापनपत्र बुझाउन सभामुख निवास बालुवाटार पुगेका नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश विष्ट, प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ,जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रे लगाएतले विधेयक प्रति आफूहरूको कडा आपत्ती रहेको धारणा राखेका थिए । उनीहरूले संविधानको मर्म र भावनाविपरीत संसदमा दर्ता भएको नेपाल मिडिया काउन्सिलसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तुरुन्त फिर्ता लिएर सरोकारवालासँगको छलफल र सहमतिमा अर्को मस्यौदा बनाउनु पर्नेमा जोड दिए । महासंघ सहितको टोलिले अाज नै राष्ट्रिय सभाका अध्यक्षलाई समेत ज्ञापनपत्र बुझाउने कार्यक्रम छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


