सन्यासको घोषणा गर्दै बार्सिलोनाका पूर्वकप्तान जाभीले भने, ‘अब म प्रशिक्षक बन्छु’

एजेन्सी,
बार्सिलोनाका पूर्वकप्तानसमेत रहेका स्टार मिडफिल्डर जाभी हर्नान्डेजले खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् । स्पेनका पूर्वमिडफिल्डर जाभीले बिहिबार यो सिजन आफ्नो अन्तिम सिजन हुने घोषणा गरेका हुन् ।

सन् २०१५ मा बार्सिलोना छाडेर कतारी क्लब अल सदा क्लबबाट व्यावसायिक फुटबल खेलिरहेका हर्नान्डेजले २१ वर्षे खेल जीवनबाट सन्यासको घोषणा गर्दै अब प्रशिक्षक बन्ने बताए ।
उनले भने, ‘मेरो लामो खेल करिअर बिसाउने उचित समय यही हो । खेलाडीको रूपमा यस सिजन मेरो अन्तिम सिजन हो, तर म प्रशिक्षकको रूपमा भविष्य बनाउने सोचिरहेको छु ।’
३९ वर्षीय जाभीले कतारी क्बल अल सादबाछ यस सिजन १६ खेल खेलिसकेका छन् । उनी बार्सिलोनाका लागि सवार्धिक खेल खेल्ने खेलाडी हुन् । उनले बार्सिलोनाबाट ७ सय ६९ खेल खेलेका थिए । जसमा उनले ५०५ ला लिगा खेल खेलेका थिए । बार्सिलोनाले सन् २००९ र २०१५ मा ट्रिबेल उपाधि जित्दा जाभी टोलीका प्रमुख खेलाडी थिए ।
विश्वकप विजेतासमेत रहेका जाभीले अन्तर्राष्ट्रिय फुटबलबाट भने सन् २०१४ को विश्वकपपछि सन्यास लिएका थिए ।
समाचार
थप सामाग्री
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
१ महिना अगाडि
पोखराको लेकसाइड क्षेत्रमा आयोजना हुने भनिएको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ को स्थान परिवर्तन भएको छ । लेकसाइड क्षेत्रमा…