सन्दीप लामिछानेलाई ७० हजार डलर

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने वेष्ट इण्डिजको क्यारेबियन प्रिमियर लिग सीपीएल टी–२० क्रिकेटमा महंगोमा अनुबन्धित भएका छन् ।
गत सिजन झण्डै ६ लाख रुपैयाँ पाएका सन्दीपले यसपटक झण्डै ८० लाख रुपैयाँमा अनुबन्धित भएका हुन् ।
बेलायतको लण्डनमा भएको ड्राफ्टमा सन्दीपलाई बार्बाडस ट्राइडेन्टसले ७० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो ।
उनलाई पाँचौ चरणमा छनोट गरिएको हो । गत सिजनको सीपीएल सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्सबाट खेलेका सन्दीपले ५ खेलबाट १०६ रन खर्चेर ७ विकेट लिएका थिए ।
बार्बाडसको प्रशिक्षकमा भारतीय प्रशिक्षक रोविन सिंह रहेका छन् ।
बिक्री भएनन् बाँकी तीन खेलाडी
सन्दीप नयाँ सिजनको लागि अनुबन्धित भएपनि ड्राफ्टमा समावेश भएका बाँकी नेपाली तीन खेलाडी भने बिक्री भएनन् ।
नेपालबाट तीब्र गतिका बलर सोमपाल कामी, अलराउण्डर दिपेन्द्र सिंह ऐरी र ब्याट्सम्यान रोहितकुमार पौडेल ड्राफ्टमा परेका थिए । १७ राउण्डसम्मको ड्राफ्टमा उनीहरु टिमको नजरमा नपरेका हुन् ।
यसपटक ५३६ खेलाडीहरु ड्राफ्टमा थिए । ६ टोलीले प्रतिस्पर्धा गर्ने सीपीएल जुलाई ११ देखि अगष्ट १६ ताखिखसम्म हुनेछ ।
समाचार
थप सामाग्री
सेतो पुतलीबाट लाग्ने ‘सापु’ को जोखिम बढ्दै, आँखाको दृष्टि नै गुम्न सक्ने खतरा ।
४ दिन अगाडि
काठकाण्डौ: सेतो पुतली मुख्य कारक मानिने दृष्टिनाशक रोग ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू)का बिरामीहरू केही समयता काठमाडौँका विभिन्न ठाउँमा देखिएको…