सदरमुकाममा खुल्यो सहारा बचत सहकारी

आँधीखोला खबर/स्याङजा
पुतलीबजार नगरपालिका १ स्थित बालमन्दिर चोकमा आजदेखि सहारा बचत तथा ऋण सहकारी संस्था संचालनमा ल्याइएको छ । सहकारीको उदघाटन गर्दै संघीय सांसद नारायणप्रसाद मरासीनीले ओझेलमा पर्दे गएको स्याङ्जा बजारमा यस्ता सहकारीको स्थापनाले चहलपहल बढाउने बताउदै सहकारीका माध्यमबाट गाउ नगरको बिकासमा जुट्न सबैलाई आग्रह गर्नुभयो । साथै, साना पुजीबाट ठूलो गर्जो टार्न र सहकारीका उदेश्य बमोजिम सहकारी सस्था संचालन गर्नमा उहाले जोड दिनुभयो । कार्यक्रममा वडा अध्यक्ष निर्मल शेरचन, स्याङ्जा उद्योग वाणिज्य संघका अध्यक्ष बिक्रान्तकुमार श्रेष्ठ, रेडक्रसका मन्त्री दिनेश अर्याल, जेष्ठनागरिक गणेशमान श्रेष्ठ, समाजसेवी रामबन्धु रेग्मी, महिला नेतृ मखमली श्रेष्ठ, कानूनी सल्लाहकार युगनारायण श्रेष्ठ लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । सहकारीका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष अतिप्रसाद श्रेष्ठले स्वागत एवं सचिव श्यामकृष्ण श्रेष्ठले संचालन गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…