सदरमुकाममा खुल्यो सहारा बचत सहकारी
आँधीखोला खबर/स्याङजा
पुतलीबजार नगरपालिका १ स्थित बालमन्दिर चोकमा आजदेखि सहारा बचत तथा ऋण सहकारी संस्था संचालनमा ल्याइएको छ । सहकारीको उदघाटन गर्दै संघीय सांसद नारायणप्रसाद मरासीनीले ओझेलमा पर्दे गएको स्याङ्जा बजारमा यस्ता सहकारीको स्थापनाले चहलपहल बढाउने बताउदै सहकारीका माध्यमबाट गाउ नगरको बिकासमा जुट्न सबैलाई आग्रह गर्नुभयो । साथै, साना पुजीबाट ठूलो गर्जो टार्न र सहकारीका उदेश्य बमोजिम सहकारी सस्था संचालन गर्नमा उहाले जोड दिनुभयो । कार्यक्रममा वडा अध्यक्ष निर्मल शेरचन, स्याङ्जा उद्योग वाणिज्य संघका अध्यक्ष बिक्रान्तकुमार श्रेष्ठ, रेडक्रसका मन्त्री दिनेश अर्याल, जेष्ठनागरिक गणेशमान श्रेष्ठ, समाजसेवी रामबन्धु रेग्मी, महिला नेतृ मखमली श्रेष्ठ, कानूनी सल्लाहकार युगनारायण श्रेष्ठ लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । सहकारीका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष अतिप्रसाद श्रेष्ठले स्वागत एवं सचिव श्यामकृष्ण श्रेष्ठले संचालन गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
मातृभूमि सेवा समाज नेपालको अध्यक्षमा पराजुली
-
स्याङ्जा-२ मा रास्वपाबाट उम्मेदवार बने झबिलाल
-
कांग्रेस सभापति थापा र पूर्ब सांसद श्रेष्ठद्वारा चुनाव नलड्ने घोषणा ।
-
एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्ग्यायो यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित)
-
प्रथम ॐ कार कपको उपाधि एनएएफसी पोखरालाई
स्याङ्जामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थपियो ।
३ दिन अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जामा आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि आह्वान भएको निर्वाचन प्रहरीको भर्ना म्याद दुई दिन थप गरिएको छ ।…


