शिक्षकहरुको क्षमता अभिवृद्धिका लागि मन्टेशवरी तालिम ।

टिकाराम अधिकारी / कालिगण्डकी :
स्याङजाको कालीगण्डकी गाउँपालिका —७ मिर्मीमा शिक्षकहरुको क्षमता अभिवृद्धिका लागि मन्टेशवरी तालिम सुरु भएको छ । कालीगण्डकी गाउँपालिका शिक्षा शाखाको आयोजनामा सहयोगी कार्यकर्ता ( सि.ई. डी) शिक्षकहरुका लागि तालिम सुरु गरिएको हो ।
तालिमको उद्घाटन गर्दे कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले गुणस्तरीय, प्राविधिक शिक्षाले मात्र बालबालिकाको शिक्षण सिकाइ प्रभावकारी हुने बताउनुभयो । शिक्षण सिकाइमा नयाँ पद्धति अवलम्बन गर्न सकियो भने मात्रै बालबालिकालाई सहज तरिकाले अध्यापन गराउन सकिनेमा प्रमुख थापाले जोड दिनुभयो ।
बाल विकास केन्द्रमा दिएको राम्रो र असल शिक्षाले बालबालिकाको भोलिको भविष्यलाई उज्वल बनाउने भन्दै गाँउपालिकाका प्रमुख थापाले आजको बालबालिकालाई सहि, सत्मार्ग र सत्कर्ममा सहयोग पुग्ने खालका शिक्षा दिनु पर्ने बताउनु भयो ।

तालिममा कालीगण्डकी गाउँपालिका उपाध्यक्ष सावित्रा कोईरालाले तालिममा सिकेका ज्ञानलाई कक्षाकोठामा प्रर्दशन गर्न सके मात्रै तालिमको औचित्य रहने बताउनुभयो ।
यस्तै कालीगण्डकी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद खनाल, कालीगण्डकी गाउँपालिका शिक्षा समितिका सदस्यद्धय हिरा बहादुर थापा र पिताम्बर भट्टराई लगायतले तालिममा सिकेका ज्ञानलाई सदुपयोग गर्न आग्रह गर्नुभयो ।
आइतबारबाट सुरु भएको तालिम आगामी १६ गते सम्म सञ्चालन हुने छ । प्रारम्भिक कक्षाका ४९ जना शिक्षिकाहरुको सहभागिता रहेको तालिममा वरिष्ठ प्रशिक्षक विश्व देवकोटाले प्रशिक्षण गर्नुहुनेछ ।
कालीगण्डकी गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष मुक्ति प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षा शाखाका प्रमुख भिम प्रसाद श्रेष्ठले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
४ हप्ता अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…