शनिबार आँधीखोला जलविद्युत केन्द्रको प्रसारण लाइन बन्द हुने ।

आँधीखोला खवर / वालिङ :
वुटवल पावर कम्पनी लिमिटेड, आँधीखोला जलविद्युत केन्द्रको ३३ के.भि प्रसारण लाइनको आपुर्ति शनिवार क्षणिक रुपमा बन्द हुने भएको छ ।
स्याङ्जाको गल्याङ देखि राङ्खोला सम्म र गल्याङ देखि मिर्मी सम्म विद्युत प्रसारण लाईन मर्मत गर्नुपर्ने भएकाले विद्युत आपुर्ती बन्द हुने कम्पनीले जनाएको छ ।
शुक्रबार कम्पनीले सुचना प्रकाशन गर्दै शनिवार मध्यान्न १२ वजे देखि दिउँसो तिन बजे सम्म प्रसारण लाईन बन्द हुने जनाएको हो ।
कम्पनीले मर्मत संभारको काम छिटै भएमा विद्युत आपुर्ती छिटै सुचारु हुने स्पष्ट पारेको छ ।
विद्युत आपुर्ती बन्द हुनेभयो भन्दै आ—आफ्ना ठाँउ नजिक रहेका नाङ्गा विद्युतीय तार तथा अन्य समान नछुन समेत कम्पनीले सवैमा अनुरोध गरेको छ ।
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…