व्युटिसियनहरुका लागि विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न

शुष्मा वोस्ती/वालिङ :
वालिङ तथा आसपासका क्षेत्रमा कार्यरत व्युटिसियनहरुका लागि व्राईडर मेकअप विशेष तालिम प्रदान गरिएको छ । व्युटिसियनहरुलाई पछिल्लो चरणको वृहत खालको मेकअपमा दक्ष वनाउने उद्देश्यले वालिङमा तालिम सञ्चालन गरिएको हो ।
तालिमको समापन गर्दै वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणले शीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । नगरपालिकाले व्यवशाय गर्न चाहनेहरुका लागि आवश्यक सहयोग गर्ने योजना बनाईरहेको जानकारी दिनुभयो ।

तालिमको समापन कार्यक्रममा आँधीखोला टेक्निकल एन्ड एजुकेशन कलेजका अध्यक्ष गुमानसिंह राना,सञ्चालक दिपक लम्साल,प्रिन्सीपल भिमलाल भटराई,प्रशिक्षक पुनम श्रेष्ठ, कार्यक्रम सयोजक पुष्पा अर्याल, सहभागी व्युटिशियन कल्पना आले लगायतले तालिम व्यवहारिक हुने वताएका थिए ।
आँधीखोला टेक्निकल एन्ड एजुकेशन कलेजको आयोजनामा एक हप्ते व्राईडर मेकअप विशेष
तालिममा भोकेस्नल ट्रेनिङ च्यारिटेवल ट्रष्ट भिटिसी वेलायतबाट मेकअपमा तेस्रो लेभल उत्तिण गरेकी पुनम श्रेष्ठले प्रशिक्षण दिनुहुने कलललेजले जनाएको छ । तालिममा २२ जना व्युटिसियनहरुको सहभागिता रहेको कार्यक्रम संयोजक पुष्पा अर्यालले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
स्याङ्जामा बालिकालाई जवरजस्ती करणी गर्ने एक पक्राउ
-
उपकारको अधिवेशन असोज २९ देखि, उमेद्वार हुन तालिम र परीक्षा पास अनिवार्य
-
वालिङमा बसपार्क निर्माण गर्न नगर बिकास कोषसंग ऋण सम्झौता,नमुना बषपार्क बन्ने ।
-
राष्ट्रिय लोक तथा प्रतिष्ठान स्याङ्जाको वार्षिक साधारणसभा सम्पन्न
-
सरकार र शिक्षकहरूबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

भीरकोटले दियो प्राविधिक शिक्षाका लागि छात्रावृत्ति
४ दिन अगाडि
भीरकोट : स्याङ्जाको भीरकोट नगरपालिकाले ६ जना विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि पूर्ण छावृत्ति प्रदान गरेको छ । वालिङ नगरपालिकामा…