वालिङमा सम्पन्न सेभेन ए साईड फुटवलको उपाधी आयोजकलाई ।
तोलाकान्त बगाले/वालिङ :
स्याङ्जाको वालिङ खेलमैदानमा सम्पन्न क्लबस्तरीय सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधी आयोजकले जितेको छ । सिद्धार्थ युनियन वालिङ ९ भकुण्डे ठाडो लाईनको आयोजनामा गत २४ गतेबाट शुरु भएको प्रतियोगिता अन्तर्गत आईतबार भएको फाईनल खेलमा आयोजकले वालिङ युथक्लब हरियोलाई पछाडि पार्दै उपाधीको रक्षा गरेको हो ।
निर्धारित समयमा दुबै समूहबाट कुनै पनि गोल हुन नसकेपछि टाईब्रेकरमा ७–६ गोल अन्तरले आयोजक सिद्धार्थ युनियनले उपाधी आफ्नो पोल्टामा पार्न सफल भएको हो । कुल २५ समूहको सहभागिता रहेको उक्त प्रतियोगिताको बिजेताले नगद रु २५ हजार र उपबिजेताले नगद रु १५ हजारसहित शिल्ड, मेडल र प्रमाणत्र प्राप्त गरेका थिए ।
बिजयी समूहहरुलाई पुरस्कार वितरण गर्दै वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले खेल क्षेत्रको विकास र खेलाडीहरुको क्षमता विकासका लागि वालिङ नगरपालिकाले कुनै कसर बाँकी नराख्ने धारणा ब्यक्त गर्नुभयो । उहाँले खेलाडीहरुलाई अनुशासित र मर्यादित भएर आफ्नो प्रतिभा प्रष्फुटन गर्न आग्रह गर्दै खेलकुदलाई ब्यवसायिकतातर्फ जोड्नुपर्नेमा जोड दिनुभयो ।
“खेल क्षेत्रको विकासका लागि ब्यवसायिकता आवश्यक छ” नगर प्रमुख खाँणले भन्नुभयो–“खेलकुदको विकाससँग सँगै खेलाडीहरुको क्षमता विकासका लागि आवश्यक भौतिक पूर्वाधारहरु निर्माण तथा प्रशिक्षणहरुको पनि ब्यवस्था मिलाउने छौं ।”
समापन समारोहमा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले खेलकुदको विकासकालागि सर्वप्रथम पूर्वाधारहरु निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले खेलाडीहरुलाई आगामी दिनमा पनि उत्कृष्ट खेल प्रदर्शन गरी वालिङको गरिमालाई अझै उचाईमा पु¥याउन सफल हुनुहोस् भन्ने शुभकामना ब्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस वालिङ नगर सचिव भुपराज बगाले, आयोजक क्लबका संस्थापक अध्यक्ष उमराज गुरुङ (राज), नेविसंघ जिल्ला कोषाध्यक्ष ध्रुब पंगेनी लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । सिद्धार्थ युनियनका अध्यक्ष अनिलकुमार सिंजालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सन्देश लम्सालले गर्नुभएको थियो ।
समाचार
थप सामाग्रीखेली र रोइला गीत संरक्षणका लागि मिर्मीका युवाहरु सक्रिय ।
६ दिन अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको कालीगण्डकीका युवाहरु खेली र रोइला गीत संरक्षणका लागि सक्रिय भएकाछन् । पुरानो तथा मौलिक संस्कृतिको पहिचानको…