वालिङमा निशुल्क तालिम दिने भन्दै पैसा उठाएर सञ्चालक वेपत्ता ।

सुशील सुबेदी / वालिङ :
स्याङजाको वालिङ नगरपालिकाको एक व्यक्तीगत संस्थाले निशुल्क तालिम प्रदान गर्ने भन्दै पैसा अशुलेर वेपत्ता भएको छ । नेशनल ईम्प्लोईमेन्ट सर्भिसेज एण्ड कन्सल्टेन्सी सेन्टर नामक संस्थाले निशुल्क तालिमको बोर्ड राखेर गाँउ—गाउँका सोझा साझा नागरिकलाई भ्रम फैलाई पैसा असुलेर बेपत्ता भएको हो ।
वालिङ ९ भुम्रेमा यस संस्थाको कार्यालय राखी बिभिन्न वडा बाट बेरोजगारको आबेदन फर्म भर्न कर्मचारी खटाईएको थियो । वालिङ १२ सिर्सेकोट घर भएका जेनीश गुरुङ मासीक ६ हजार तलब खाने गरी यस संस्थाको कर्मचारी नियुक्ती हुनुभयो । उहाँ सहित वडा नं १२ मा मात्र ५ जनालाई नियुक्त गरिएको गुरुङले बताउनु भयो । ‘गाउँ गाउँमा गएर आबेदन फर्म भरियो पैसा उठाइयो न पैसा न तालिम स्थानियले हामीलाई कि पैसा ले, कि तालिम ले भन्न थाले के गर्नु हामी बाध्य भएर प्रहरीसँग न्याय माग्न आएका छौँ गुरुङले भन्नुभयो ।’
उक्त संस्थाका संञ्चालक भोज प्रसाद ढुङ्गानाले राज्यले गर्न नसकेको तालिम सहितको रोजगार मुलक कार्यक्रम आफूले सञ्चालन गरेको भन्दै प्रचार प्रसार गर्दै आएका थिए । आफ्नै गाउँमा सुन्तलाबारी अर्गानीक जुस तथा सस उद्योग संञ्चालन गरिरहनु भएका वालिङ—३ , खाल्टेका शेरबहादुर गुरुङ समेत ठगिनु भएको छ । दुबै मृगौलाका विरामी गुरुङले नेशनल ईम्प्लोईमेन्ट सर्भिसेज एण्ड कन्सल्टेन्सी सेन्टरका संचालक भोज प्रशाद ढुङ्गानाको विश्वासमा पर्दा ठगिनु भएको हो । सञ्चालकले जुसको बजार आफूँले खोजीदिने बताए पछि संस्थामा जुस बनाउन सिकाउने प्रशिक्षकको रुपमा नियुक्त भएका विरामी गुरुङ अहिले मर्कामा परेको भन्दै प्रहरीलाई गुहार्नु भएको छ ।
गुरुङले उक्त सस्थांको प्रशिक्षकको रुपमा बिभिन्न ३ स्थानमा तालिम पनि प्रदान गर्नु भयो तर तलब भने पाउनु भएन । आफूले राना गाउँ , धनमुडा , सपौँदेमा सुन्तलाको जुस बनाउने तालिम प्रदान गरेको बताउदै पारिश्रमिक भने नपाएको गुनाशो गर्नु भयो । ‘प्रति व्यक्ती पाँच सयको दरले प्रमाण पत्रको दस्तुर स्वरुप पैसा उसुली गरियो तर मैले पटक—पटक माग्दा समेत पारीश्रमीक पाइन ’ , गुरुङले भन्नुभयो ,‘ निशुल्क तालिमको नाममा सर्बसाधारणलाई मात्र होईन कार्यालयका कर्मचारी बनाएर कर्मचारीलाई पनि ठगीयो । ’
व्यानरमा निशुल्क तालिम लेख्ने र तालिममा सहभागीसँग प्रमाण पत्रको नाममा प्रति व्यत्ती ५०० देखी १२०० सम्म पुन असुल्दै रकम उठाएपछी संञ्चालक नै फरार रहेको वालिङ १४ की जेनीशा गुरुङले बताउनु भयो । गुरुङलाई यस संस्थाले गाउँ गाउँमा गएर बेरोजगारी फर्म भराउने र प्रति व्यक्ती एक सय फर्म दस्तुर उठाउने गरी कर्मचारी राखेको थीयो । उहाँले गाउँ गाउँमा जाने आबेदन फर्म भर्ने गर्दै आएकी थिईन् । प्रति व्यक्ती आबेदन दस्तुर एक सय र तालिममा सहभागी भए पश्चात ५०० को दरले उठाउने गरेको उहाँले बताउनु भयो । हामीलाई प्रयोग गर्दै रकम उठाएर सर फरार हुनुभयो गाउँका मान्छेहरु तालिम ख,ै कि तालिम ले कि पैसा फिर्ता ले भन्छन् अब कसरी दिने ? ’ , गुरुङले भन्नुभयो, ‘सरलाई प्रति व्यक्ती आबेदन दस्तुर बराबर १२ नं वडा बाट मात्र ९ हजार ल्याएर दिएँ । अहिले टाउको दुखाई भएको छ । ’
वालिङ ९ मा कार्यालय राखिएको थियो । ४ महिना सम्म भाडा नपाएपछी घर धनीले वडा कार्यालय , प्रहरी र स्थानीयको रोहोबरमा कार्यालयको ताला तोड्डा कार्यालय भित्रका प्रशासनीक सामान पहिले नै लगिएको वडा अध्यक्ष बसन्त श्रेष्ठले बताउनु भयो । न कार्यालय छ न संस्थाका संञ्चालक नै । जनता अब सुशुचित हुन आबाश्यक रहेको बताउँदै श्रेष्ठले भन्नुभयो ,‘ वडा कार्यालयमा के तालिम चाहिएको हो आउनुहोस हामी प्रदान गर्छाै ठग गर्ने संघ संस्थाको पछि लाग्न आबाश्यक छैन । ’

Facebook Comments Box
TOP