वालिङमा खुल्यो सुविधा सम्पन्न रेड पिपर बुटिक हल ।
आँधीखोला खवर / वालिङ :
स्याङ्जाको वालिङ ८ डुम्रीकोटमा रेड पिपर बुटिक हल सञ्चालनमा आएको छ । स्थानीय ८ जनाको समूहले विभिन्न कार्यका लागि प्रयोग गर्न सकिने गार्डेन रेष्टुरेन्ट एवं २ वटा हलसहितको पार्टी प्यालेसको शुक्रबार शुभारम्भ गरिएको हो । रेड पिपर बुटिक हलको शुभारम्भ गर्नुहुँदै वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले वालिङको आर्थिक विकासमा सहयोग पुग्ने विचार ब्यक्त गर्दै जुन लक्ष्य र उद्धेश्यका साथ सामूहिक रुपमा थालिएको ब्यवसायको सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।
उहाँले एक्लैले ब्यवसाय गर्दा अप्ठ्यारो पर्न सक्ने र लगानी पनि एक्लैको हुने हुँदा सामूहिकरुपमा कार्यहरु गर्दा सहज हुने बताउनुभयो । “घर घरमा गरिने शुभ कार्यहरु आजभोलि पार्टी प्यालेसहरुमा गर्ने लहर आएको देखिएको छ” नगर प्रमुख खाँणले भन्नुभयो, “यसले मानिसको जीवन पद्धतिमा परिवर्तन ल्याउनुका साथै सहज पनि भएको छ ।”
नगर प्रमुख खाँणले पार्टी प्यालेसले सेवाग्राहीहरुबाट नाफामात्रै नभई सेवा पनि दिनेमा आँफू विश्वस्त रहेको बताउनुभयो । स्थानीय ८ जनाको समूहले झण्डै डेढ करोडको लागतमा सुविधासम्पन्न पार्टी प्यालेस सञ्चालनमा ल्याएका हुन् । शुभारम्भको दिन शुक्रबार नै विभिन्न राष्ट्रिय कलाकारहरुको पनि साङ्गीतिक प्रस्तुति रहेको थियो ।
समाचार
थप सामाग्रीगल्याङ प्रिमियर लिग क्रिकेट : गल्याङ ईगल्स र गल्याङ ब्लास्टर फाईनलमा ।
४ दिन अगाडि
वालिङ : स्याङजाको गल्याङमा सञ्चालित ‘गल्याङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता’ (जिपिएल) को फाईनलमा गल्याङ ईगल्स र गल्याङ ब्लास्टर प्रतिस्पर्धा गर्ने…