लेकाली आईपिएम कृषक पाठशालामा कार्यक्रम

कला राना /आँधीखोला खवर :
वालिङ १० दाङ्सिया स्थित आईपिएम कृषक पाठशाला कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गुरुदत्त सुवेदीले नगरपालिकाले किसानलाई विशेष प्राथामिकतामा राखेको भन्दै युवाहरुलाई आफ्नै गाउँठाउँमा स्थापित गर्नका कृषि तथा पशुपालन व्यवसायमा प्रेरित गर्नुपर्ने बताउनुभयो । साथै उक्त स्थानमा पानीको समस्या समाधानका लागी किसानसंगै हातेमालो गर्ने बताउनुभयो ।
कार्यक्रममा वडा अध्यक्ष अनन्तराज गैह्रे, सामाजिक विकास अधिकृत पदमप्रसाद पाण्डे, रोजगार प्रमुख सरस्वति लामिछाने, वडा सचिव दिपेन्द्र गैह्रे, कृषि प्राविधिक प्रमुख केशबहादुर थापा, प्रविधिक गिता खनाल, वडा सदस्यहरु झविलाल थापा, लक्ष्मि गैह्रे, लुकमाया नेपाली, सहजकर्ता लालप्रसाद पंगेनी, गंगा शर्मालगायतले बोल्नुभएको थियो । हुमबहादुर सिंजालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालन निरमाया रानाले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री
कोटिहोम जेठ ३१ गते सम्म चल्ने, झन्डै ६ करोड सङ्कलन
१ हप्ता अगाडि
पोखरा : पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज सम्म झन्डै ६ करोड रकम सङ्कलन भएको…