लेकाली आईपिएम कृषक पाठशालामा कार्यक्रम
कला राना /आँधीखोला खवर :
वालिङ १० दाङ्सिया स्थित आईपिएम कृषक पाठशाला कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गुरुदत्त सुवेदीले नगरपालिकाले किसानलाई विशेष प्राथामिकतामा राखेको भन्दै युवाहरुलाई आफ्नै गाउँठाउँमा स्थापित गर्नका कृषि तथा पशुपालन व्यवसायमा प्रेरित गर्नुपर्ने बताउनुभयो । साथै उक्त स्थानमा पानीको समस्या समाधानका लागी किसानसंगै हातेमालो गर्ने बताउनुभयो ।
कार्यक्रममा वडा अध्यक्ष अनन्तराज गैह्रे, सामाजिक विकास अधिकृत पदमप्रसाद पाण्डे, रोजगार प्रमुख सरस्वति लामिछाने, वडा सचिव दिपेन्द्र गैह्रे, कृषि प्राविधिक प्रमुख केशबहादुर थापा, प्रविधिक गिता खनाल, वडा सदस्यहरु झविलाल थापा, लक्ष्मि गैह्रे, लुकमाया नेपाली, सहजकर्ता लालप्रसाद पंगेनी, गंगा शर्मालगायतले बोल्नुभएको थियो । हुमबहादुर सिंजालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालन निरमाया रानाले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


