लायन्स क्लव वालिङ सिटिको अध्यक्षमा भट्टराई निर्वाचित ।
वालिङ :
लायन्स क्लव अफ वालिङ सिटिको अध्यक्षमा देवेन्द्र प्रसाद भटराई निर्वाचित हुनु भएको छ । भट्राई वर्ष २०१९/२० को लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो । आँधीखोला मिडिया तथा सामुदायिक चेतना मञ्च नेपालका अध्यक्ष रहनुभएका भट्राई विभिन्न सामाजिक संघ संस्थामा निरन्तर क्रियाशिल रहदै आउनु भएको छ । भट्टराई विगत लामो समय देखि स्वास्थ्यकर्मीका रुपमा कार्यरत रहदै आउनु भएको छ । त्यस्तै भट्टराईले नेपाल रेडक्रस सोसाईटी वालिङ उपशाखाका पूर्व अध्यक्ष तथा वालिङ जेसिजको संस्थापक सदस्य हुदै सल्लाहकारका रुपमा लामो समय काम गर्नु काम गर्नुभएको छ । लायन्स क्लव वालिङको सचिव,प्रथम,द्धितिय तथा तृतिय उपाध्यक्ष हुदै भट्राई अध्यक्षको जिम्मेवारीमा निर्वाचित हुनु भएको हो ।
निवार्चित भए पछि आँधीखोला खवर डट कमसँग कुरा गर्दै अध्यक्ष भट्टराई लावयन्स क्लव अफ वालिङ सिटिलाई डिस्ट्रिकमा नै उत्कृष्ट क्लव बनाउने बताउनु भएको छ । वालिङ सिटि डिस्ट्रिक ३२५ वि वान अन्तर्गत पर्दछ ।
अधिवेशनले लायन्स क्लव अफ वालिङ सिटिको प्रथप, द्धितिय तथा तृतिय उपाध्यक्षमा क्रमश कविता भुषाल,चुत्र कुमारी थापा र विजय कोईराला निर्वाचित हुनु भएको छ । त्यस्तै सचिवमा दीपक लम्साल र कोषाध्यक्षमा स्वाँ श्रेष्ठ,सह कोषाध्यक्षमा पार्वती पंगेनी र सहसचिवमा हरि डुम्रे निर्वाचित हुनु भएको छ । यसैगरी एलसिआएफ मा मेघराज गैह्रे र रिपोटिङ अफिसरमा रिना पौडेल भट्टराई चयन हुनु भएको छ ।

समाचार
थप सामाग्री-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
-
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
खेम सारुमगर र गोपाल जिटीलाई कञ्चन पत्रकरिता पुरस्कार
४ हप्ता अगाडि
पोखरा : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८३’ खेम सारुमगर (कास्की) र गोपाल जिटी (स्याङ्जा)…


