लक्ष्मी वैंकको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

टिकाराम अधिकारी/गल्याङ :
लक्ष्मी बैंक गल्याङ्ग शाखाले स्याङ्जाको गल्याङ नगरपालिका— ७ पटकाङ्गमा एक दिने वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
कार्यक्रममा कालीका आधारभूत विद्यालयका प्रधानाध्यापक ज्ञान प्रसाद अधिकारी र शिक्षक श्याम प्रसाद भट्टराईले बैंकले ग्रामिण क्षेत्रमा आफ्नो सेवा सुविधाका बारेमा आम जनसमुदायलाई जानकारी दिनु राम्रो पक्ष भएको बताभयो । कार्यक्रममा बैंकले वित्तिय कारोबार गर्न तरिका, वित्तिय कारोबार गर्दाको फाइदा, जनताको गुनासो र बैकिङ्ग कार्य गर्दा हुने समस्याको बारेमा जानकारी गराएको थियो ।
गल्याङ्ग शाखाका प्रबन्धक मणि प्रसाद बस्यालले बैकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गरि रहेको जानकारी दिनुभयो ।
गल्याङ नगरपालिका वडा नं ७ का वडा सदस्य तोलाकान्त्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन बैंकका कर्मचारी सागर काफ्लेले सञ्चालन गर्नु भएको थियो ।
समाचार
थप सामाग्री
सेतो पुतलीबाट लाग्ने ‘सापु’ को जोखिम बढ्दै, आँखाको दृष्टि नै गुम्न सक्ने खतरा ।
४ दिन अगाडि
काठकाण्डौ: सेतो पुतली मुख्य कारक मानिने दृष्टिनाशक रोग ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू)का बिरामीहरू केही समयता काठमाडौँका विभिन्न ठाउँमा देखिएको…