राम्दीको वृद्धाश्रममा वस्ने वृद्ध—वृद्धालाई सहयोग गर्नेहरु वढ्न थाले ।
राधाकृष्ण डुम्रे
स्याङजाको गल्याङ नगरपालिका—१ मा रामनदीधाम राम्दीमा वस्दै आएको वृद्धवृद्धाहरुलाई सहयोग गर्नेहरु वढ्न थालेकाछन् । जेष्ठ नागरिक आश्रम तथा राम्दीमा रहका अन्य कुटीहरुमा वसोवास गर्ने वृद्धवृद्धाहरुलाई सहयोग गर्नेको संख्या पछिल्लो दिनमा वढेको हो । शिवपार्वती वृद्धाश्रम तथा वहुउद्देशिय संस्थाद्धारा सञ्चालित जेष्ठ नागरिक आश्रममा ३२ जना वृद्धवृद्धाहरु वसोवास गर्छन त्यस्तै राम्दीमा नै रहेका अन्य कुटीहरुमा पनि झण्डै २० जना वृद्धवृद्धाहरु वसोवास गर्दै आईरहेकाछन् ।
शिवपार्वती वृद्धाश्रमको जेष्ठ नागरिक आश्रममा असहाय तथा परिवार विहिन वृद्धवृद्धाहरुलाई राखिएको छ त्यस्तै कुटीहरुमा भने आर्थिक रुपमा केही सवल तथा परिवार भएका वृद्धवृद्धाहरु वस्दै आएकछन् । जेष्ठ नागरिक आश्रममा वस्ने वृद्धवृद्धाका लागि दैनिक खाना खुवाउने तथा लत्ता कपडा लगायतका सामाग्री उपलव्ध गराउनेहरुको संख्या वढेको शिवपार्वती वृद्धाश्रम तथा वहुउद्देशिय संस्था जेष्ठ नागरिक आश्रमका कार्यालय सचिव सुनिल श्रेष्ठले बताउनुभयो ।
वालिङका युवा ज्योतिष देवीलाल सुवेदीले आफ्नो जन्म दिनको अवसरमा जेष्ठ आश्रमका वृद्धवृद्धालाई खाना खुवाउनु भएकोछ । उहाँले एक दिन एक दाता कार्यक्रम अन्तर्गत रु ६ हजार ५ सय प्रदान गर्नु भएको कार्यालय सचिव श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै शुक्रवार भिरकोट नगरपालिका ४ गैह्राथोक निवासी लक्ष्मी कोईरालाले आफ्नो जन्म दिनको अवसरमा रु ६ हजार ५० प्रदान गरी खाना खुवाउनु भएको छ । लक्ष्मीले आफ्नो छोराको पहिलो कमाईबाट वृद्धवृद्धालाई खुवाउन पाएके भन्दै खुशी व्यक्त गर्नुभयो ।
त्यस्तै यही हप्ता वालिङ कै लक्ष्मण बगाले तथा श्रीमती दुर्गा बगालेले आमा ईश्वरी बगालेको स्मृतिमा रु ६ हजार ५ प्रदान गरी खाना खुवाउनु भएको थियो यसैगरी गोविन्द पौडेल तथा सरिता पौडेलले पनि आफ्नी आमा पिताम्वरी लम्सालको स्मृतिमा खाना खुवाउनु भएको सचिव श्रेष्ठले जानकारी दिनुभयो ।
१६ कोठे पक्की सुविधा सम्पन्न भवन निर्माण गरी जेष्ठ नागरिक आश्रमको स्थापना गरिएको शिवपार्वती वृद्धाश्रम तथा वहुउद्देशिय संस्थाका अध्यक्ष कविता गैह्रेले जानकारी दिनुभयो । उहाँले आश्रममा तातोचिसो पानी,टिभी तथा भजन किर्तनको लागि छुट्टै कोठाको व्यवस्था गरिएको जानकारी दिनुभयो । आश्रम भित्र नै स्वास्थ्य चौकीको स्थापना गरिएको छ जसका कारण वृद्धवृद्धाहरुलाई सामान्य समस्या हुदा उपचारका लागि निक्कै सहज भएको संस्थाका उपाध्यक्ष अर्जुन खनालले जानकारी दिनुभयो ।
विभिन्न दाता तथा सरकारी सहयोगमा आश्रम भवनको माथिल्लो तलाको ढलान गरिएको कोषाध्यक्ष टिकाराम डुम्रेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “सहयोग प्राप्त भएमा माथिल्लो तलाको निर्माण कार्य छिट्टै सकिने थियो ।”
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
३ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …