रामनदी राम्दी धाम महालिङ्गधाम मालुङ्गा र उत्तरवाहिनी कालीगण्डकी महात्म्य सम्क्षिप्त परिचय


कृष्ण न्यौपाने
धेरै बर्ष पहिले मालुङ्गाको डाँडाको शिखरमा जहाँ हाल नवदुर्गा भवानीको प्रसिद्ध मन्दिर छ सोही ठाँउमा ऋषि मार्कन्डेयले भगवान शिवको तपस्या गर्दा शिवजी प्रशन्न भई विशाल ज्योतिर्लिङ्ग स्वरुप प्रकट भएको र बरदान दिएको तत्पश्चात यस गाउ—ठाँउलाई ऋषि मार्कन्डेयको तपोभूमी स्वरुप महालिङ्गधाम नामाकरण गरिएको बताईन्छ । पछि शब्द अपभ्रम्स हुनगई मालुङ्गा भनिएको हो । हेर्दा विशाल शिवलिङ्ग स्वरुप देखिने गल्याङ नगरपालिका वडा नम्वर १, मालुङ्गा,राम्दिको पाल्पा तर्फबाट हेर्दा त झनै मनमोहक दृश्य नै देखिन्छ ।

प्रशिद्ध एवं पवित्र कालीगण्डकी नदि जो विश्वको एकमात्र पवित्र शालिग्राम शिला पाइने तथा धार्मिक हिसाबले अन्य नदिहरुको तुलनामा सर्वोपवित्र मानिन्छ । कालीगण्डकी र अझ त्यस्मा पनि उत्तरवाहिनी कालीगण्डकीमा स्नान,पुजा,यज्ञ,श्राद्द र शव दहन आदि गर्दा जन्म÷जन्मका पापबाट मुक्त भइने विश्वास रहि आएकोछ त्यती मात्रै होईन ठुलो पुण्य मिल्ने, पितृहरु सजिलै पापबाट मुक्त भई स्वर्ग जाने गर्दछन भन्ने स्कन्द पुराणमा उल्लेख गरिएको वताउनुहुन्छ बिख्यात प्रखर अध्यात्मिक ,दार्शनिक तथा कालीगण्डकी ज्ञानबिज्ञान प्रतिस्ठानका सस्थापक अध्यक्ष गुरु श्री चैतन्य कृष्ण प्रभु जि ।
यहाँ कालीगण्डकी नदि पश्चिमबाट दक्षिण राम्दी हुँदै पुर्व र त्यसपछि उत्तरतर्फ मोडिएर बगेकी छिन र साबिक मालुङ्गा गाउँलाई उत्तर दिशा बाहेक तिनतिरबाट परिक्रमा गरि पवित्र बनाएकी छिन ।
कालीगण्डकी नदि स्याङ्जा पाल्पा जिल्लाको सिमाना छुट्याउने मात्रै गरेकी छैनन् गण्डकी र ५ नम्वर प्रदेशको सिमाना समेत छुट्याएकीछन् । सिद्धार्थ राजमार्ग र कालीगण्डकी नदि माथि २०२८ सालमा निर्मित सुन्दर र प्रसिद्ध राम्दि पूल रहेकोछ । राम्दी भन्ने स्थानमा पाल्पा स्याङ्जा दुबैतर्फ धेरै प्रख्यात ऐतिहासिक मठमन्दिरहरु रहेकाछन् जस्तै सिद्धबाबा मन्दिर,राधाकृष्ण मन्दिर,शिव मन्दिर,धर्मशाला, गौशाला,बृदाश्रम आदि । ।त्यस्तै राम्दिको कालीगण्डकी किनार स्याङ्जा,पाल्पा,रुपन्देही लगायतका जिल्लाका अधिकाँश स्थानबाट शव दहन गर्न आउने प्रख्यात घाट पनि हो । पौराणिक तथ्य अनुसार द्वापर युगमा यहाँ भगवान श्रीकृष्ण र त्रेता युगमा भगवान राम समेत आएर केही दिन बसेको र तपस्या समेत गरेको भेटिन्छ त्यस पछि नै यस ठाँउलाई रामनदी धाम अर्थात राम्दी भन्ने गरिएको भन्ने भनाई छ ।

राम्दी देखि करिब २ किमि पुर्वतर्फ गएपछि कालीगण्डकी ३ किमि उत्तरतर्फ बग्न शुरु गर्छिन । त्यसैले नै यस क्षेत्रलाई पवित्र उत्तरवाहिनी क्षेत्र भनिएको हो , यहि क्षेत्रको पश्चिम भाग याने डाँडोले छेकिएको उत्तरतर्फको भागमा नै सुन्दर साबिक मालुङ्गाको मुख्य बस्ति रहेको छ । उत्तरवाहिनी क्षेत्र स्याङ्जा जिल्ला गल्याङ न पा १, मालुङ्गा, बसिन्डाँडा बजार , सिद्धार्थ राजमार्गबाट करिब २ किमि पुर्व खाडा तथा पाल्पा जिल्लाको रम्भा गाउपालिका १ को हँुगि अशेर्दीको पश्चिमी भागमा फैलिएको छ । यस क्षेत्रमा नेपालकै नमुना आधुनिक गुरुकुल शिक्षालय, योगालय, प्राकृतिक चिकित्सालय,विशाल शालिग्राम मन्दिर,चक्रशिला मन्दिर,शिवमन्दिर लगायतका मठमन्दिरहरु बनेकाछन् र कतिपय बन्दै गरेकाछन् । यस क्षेत्रलाई देशको मात्र नभै बिश्वकै नमुना धार्मिक पर्यटकिय तिर्थस्थल तथा आधुनिक,अध्यात्मिक ज्ञान बिज्ञान केन्द्र बनाउने बृहत योजना र अभियानका साथ श्री चैतन्यकृष्ण प्रभु ज्युको नेतृत्वमा श्री कालीगण्डकी ज्ञान बिज्ञान प्रतिस्ठान अधि बढेको छ ।

जय उत्तरवाहिनी कालीगङ्गे हरहर जय महालिङ्ग धाम जय रामनदी राम्दी धाम, ॐ परम तत्वाय नारायणाय गुरुभ्यो नम ॐकाली दक्षिणकाली हरहर महादेव सबैको जय होस् ।
-(मालुङ्गाका स्थायी बासिन्दा न्यौपाने काठमाण्डौंमा प्राध्यापन गर्नुहुन्छ)
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…