युवा परिचालनको खर्च मृगौला पिडितलाई ।
आँधीखोला खवर / वालिङ :
गत माघमा सम्पन्न वालिङ महोत्सव २०७५ मा युवा तथा स्वयमंसेवक परिचालनका लागि छुट्याईएको रकम मृगौला पिडित शिक्षकलाई सहयोग प्रदान गरिएको छ । महोत्सव सभ्य रुपमा सम्पन्न गर्नका लागि गोविन्द तिवारीको संयोजकत्वमा १५ सदस्यीय स्वयंसेवक तथा युवा परिचालन समिति गठन गरिएको थियो ।

गठित समितिले महोत्सव सफल पार्नका लागि युवाक्लबबाट ५ जनाका दरले परिचालन गरेको थियो । ति स्वयमंसेवक तथा युवाहरुका लागि खाजा खर्च भनी छुट्याईएको रकम वालिङ १ रामबाच्छाका शिक्षक केवी गुरुङलाई उपचारार्थ सहयोग गरिएको समितिका सदस्य धु्रव पंगेनीले बताउनुभयो । दुवै मृगौला पिडित शिक्षक गुरुङको काठमाडौमा उपचार भईरहेको छ । सर्पोट फर केवी सर अभियानका संयोजक टिकराज गुरुङलाई बैंकमा जम्मा गरिएको भौचर प्रदान गरिएको पंगेनीले बताउनुभयो ।
वालिङ महोत्सव वालिङ् उद्योग वाणिज्य संघको आयोजनामा भएको थियो ।
समाचार
थप सामाग्री
गुरुकुलका बटुकको स्वास्थ्य बीमा
४ दिन अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जाको चापाकोट नगरपालिका–८, खोरियाघाटस्थित मणिमुकुन्देश्वर गुरुकुलमा अध्ययनरत आवासिय ८ जना विद्यार्थीको स्वस्थ्य बीमा गरिएको छ । गुरुकुलमा…


