युरोपा लिग : भ्यालेन्सियाविरुद्ध आर्सनलको सहज जित
युरोपको दोस्रो ठूलो प्रतियोगिता युईएफए युरोपा लिगमा आर्सनलले जित निकालेको छ । बिहीबार राति भएको सेमिफाइनलको पहिलो लेगमा इंग्लिस टोली आर्सनलले स्पेनिस क्लब भ्यालेन्सियाविरुद्ध ३–१ गोल अन्तरको जित दर्ता गराएको हो ।
आर्सनलको घरेलु मैदानमा भएको सो खेलमा आर्सनललाई जित दिलाउन एलेक्जान्ड्रे लाकाजेट्टेले २ तथा पेइर्रा–इमेरिक औबामेयाङले एक गोल गरे । यता भ्यान्सियाका लागि मौक्टार डियख्बीले एक गोल लगाए ।

खेलमा पाहुना टोली भ्यालेन्सियाले सुरुआती अग्रता जोगाएको थियो । उसका लागि खेलको ११औं मिनेटमा मौक्टारले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको १८औं मिनेटमा नै लाकाजेट्टेले गोल गर्दै खेल बराबरीमा ल्याए ।
यस्तै उनले खेलको २५औं मिनेटमा अर्को गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए । पहिलो हाफ २–० को अग्रतामा बिताएको आर्सनलले दोस्रो हाफमा एक गोल थप्यो । उसका लागि खेलको ९०औं मिनेटमा पेइर्राले गोल गर्दै ३–१ को जित दिलाए ।
यो जितसँगै आर्सनलले अघिल्लो चरणमा जाने सम्भावना बलियो बनाएको छ । उसले पहिलो लेगमा अग्रता बनाएको हो । अब उसले दोस्रो लेगमा भ्यालेन्सियाको मैदानमा प्रतिस्पर्धा गर्नेछ । जहाँ, उसलाई बराबरी नै काफी छ ।
जारी प्रतियोगिताअन्तर्गत आर्सनलले नापोलीलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो भने भ्यालेन्सियाले भिल्लारियललाई हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।
समाचार
थप सामाग्री-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
३ हप्ता अगाडि
चापाकोट : चापाकोट नगरपालिका वडा नं. १ को वडा कार्यालयमा आज युवाहरूले तालाबन्दी गरेका छन्। वडा अध्यक्ष भुपराज वोस्तीले स्थानीय…


