मन्त्री अर्यालको सक्रियतामा स्याङ्जाका विभिन्न ५ सहकारीलाई लाखौ अनुदान ।

आँधीखोला खवर / वालिङ :
गरिबि न्यूनिकरणको अभियान अन्तर्गत भुमि ब्यबस्था सहकारी तथा गरिबि निवारण मन्त्री पद्मा कुमारि अर्यालको सक्रियतामा स्याङ्जाका विभिन्न सहकारीहरुलाई लाखौं रुपैयाको नगद अनुदान प्राप्त हुने भएको छ । सहकारी बिभाग मार्फत चालु आर्थिक वर्षबाट नै काम शुरु हुने गरि बहुबर्षिय योजना अन्तर्गत अनुदान उपलव्ध गराउन लागिएको मन्त्री अर्यालले जानकारी दिनुभयो ।
सहकारी बिभाग मार्फत तिनदोबाटे कृषि सहकारी करादि गल्याङलाइ दुग्ध उत्पादन र प्रशोधनको लागि रु ७६ लाख, त्रीयासी कृषि उपज तथा बजार ब्यबस्थापन सहकारी वालिङ्लाई तरकारी बजारिकरणको लागि रु ५९ लाख, नेपाल प्रगतिशिल बहु उद्देश्यीय सहकारी चापाकोटलाइ बाख्रा पालनको लागि रु ४२ लाख, जय जनता बहु उद्देश्यीय सहकारी पुतलिबजारलाई तरकारि खेति को लागि रु ५३ लाख र ग्रामिण स्वाबलम्बन सहकारी अर्जुनचौपारीलाई दुग्ध प्रशोधन केन्द्र व्यवस्थापनको लागि रु ४२ लाख रुपैया बिनियोजन गरिएको हो । बहुवर्षिय योजना अन्त्र्गत स्याङजाका ५ सहकारीहरुले अनुदान पाउने मन्त्री अर्यालले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री
सेतो पुतलीबाट लाग्ने ‘सापु’ को जोखिम बढ्दै, आँखाको दृष्टि नै गुम्न सक्ने खतरा ।
४ दिन अगाडि
काठकाण्डौ: सेतो पुतली मुख्य कारक मानिने दृष्टिनाशक रोग ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू)का बिरामीहरू केही समयता काठमाडौँका विभिन्न ठाउँमा देखिएको…