भीरकोटलाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरियो ।
आँधीखोला खवर / भीरकोट :
भीरकोटमा स्थानीय सरकारले नगरपालिका स्तरीय आरआर टी गठन तथा पूर्ण खोप सुनिश्चितता दीगोपना नगर घोषणा गरी गणतन्त्र दिवस मनाएको छ । नगरपालिकाका ९ ओटै वाडका १५ महिना भन्दा माथि र २३ महिना भित्रका सम्पूर्ण वालवालिकाहरुले पूर्ण खोप प्राप्त गरे पश्चात नगरलाई पूर्णखोप सुनिश्चितता दीगोपना नगर घोषणा गरीएको हो ।
सो अवसरमा वोल्दै नगर प्रमुख छायाँराम खनालले धेरै विरहरुको वलिदानले प्राप्त गरेको गणतन्त्र दिवसको दिन शहिदलाई साची राखी गरीएको घोषणालाई अनिर्वाय रुपमा कायम गरीपूर्ण खोप सुनिश्चितता दीगोपना राख्ने प्रतिवद्धता गर्नु भएको छ । साथै प्रमुख खनालले शहिदको भावाना र गणतन्त्रलाई जीवन्त राख्न र नयाँ संविधान अनुसार गठित संघिय पद्धतीलाई दीगोरुपमा विकसित भएर जानको लागी सवै जिम्मेवारी भएर अगाडी वढ्नुपर्ने वताउनु भयो । घोषणा सभामा वोल्दै नगर उप प्रमुख सिमा केसी कर्माचार्यले विभिन्न किसिमका धेरै आन्दोलनहरु वाट प्राप्त भएको संघिय लोकतान्त्रीक गणतन्त्र लाई संस्थागत गर्नु सवैको उत्तीकै कर्तव्य रहेको वताउनु भयो ।
घोषणा सभामा नगर प्रवक्ता एवम वडा न १ का वडा अध्यक्ष दिपेन्द्र केसी, नगरकार्यपालिका सदस्य विष्णुमाया काफ्ले लगायतले त्याग र बलिदान पश्चात प्राप्त भएको संघिय गणतन्त्र देशलाई फापे नफापेको अवको केही समय पछि छर्लङ्ग हुने वताए । नगर प्रमुख खनालको अध्यक्षतामा सम्पन्न नगरपालिका स्तरीय आर आर टी गठन तथा पूर्ण खोप सुनिश्चितता दीगोपना नगर घोषणा एवं १२ औं गणतन्त्र दिवस कार्यक्रमको संचालन प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङ्गाना र स्वागत नगर उप प्रमुख सिमा केसी कर्माचार्यले गर्नु भएको थियो ।
समाचार
थप सामाग्रीस्याङ्जा आइसिसी भलिबल कपको उपाधि बिरुवालाई
३ हप्ता अगाडि
वालिङ : स्याङ्जा आइसिसी प्रथम भलिबल कप प्रतियोगिताको उपाधि बिरुवा गाउँपालिले जितेको छ । सोमबार वालिङमा भएको फाइनल खेलमा पुतलीबजार…