भीरकोटमा सम्पन्न मेयर कपको उपाधि वडा नं. ३ ले हात पार्यो ।

कला राना/वालिङ :
स्याङ्जाको भीरकोटमा सम्पन्न दोस्रो मेयर कपको उपाधि वडा नं. ३ ले हात पारेको छ । बुधबार भएको फाईनल खेलमा वडा नं. २ लाई पराजित गर्दै दोस्रो मेयर कप रनिङ शिल्ड प्रतियोगिताको उपाधि ३ ले कब्जा गरेको हो ।

“समृद्ध भीरकोटको आधार कृषि पर्यटन आँधीखोलाको उपहार” भन्ने नाराका सम्पन्न मेयर कप भलिबल प्रतियोगितामा पराजयसंगै वडा नं. २ ले द्धितिय स्थानमा चित्त बुझाउनु परेको छ । प्रतियोगितामा तृतिय वडा नं. ९ र सान्त्वना वडा नं. ८ भएका छन् ।

उपाधिसंगै वडा नं. ३ ले ५० हजार नगद प्राप्त गरेको छ भने उपविजेताले ४० हजार, तृतियले ३० र सान्त्वनाले २० हजार नगद प्राप्त गरेका छन् । प्रतियोगितामा ९ वडाका टिमहरुको सहभागिता रहेको थियो । २२ गतेबाट शुरु भएको मेयर कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबार सम्पन्न भएको हो । राष्ट्रपति रनिङ शिल्डतर्फ भएका खेलहरु सय, चार सय ८ सय मिटर रिले, १५ सय मिटर दौड, हाईजम्प, लङलम्प, त्रिपलजम्प प्रतियोगितामा विजेता तथा उपविजेता हुने विद्यार्थीहरुलाई समेत बुधबार नै पुरस्कार वितरण गरिएको हो । कार्यक्रमको समापन प्रदेश सांसद भागवत प्रकाश मल्ले गर्नुभएको हो ।

खेलकुदले विद्यार्थीहरुको अतिरिक्त क्रियाकला विकासका लागी टेवा पुग्ने भन्दै खेल जगतबाट विद्यार्थी तथा युवाहरुलाई अगाडि बढाउनका निमित्त नगरपालिका प्रतिवद्धे रहेको नगरप्रमुख छायाराम खनालले बताउनुभयो । कार्यक्रममा उपप्रमुख सिमा केसी कर्माचार्यले समेत खेलले युवा तथा विद्यार्थीहरुलाई अनुशासित र एकआपसमा भाईचाराको भावना विकास गर्ने बताउनुभयो । भीरकोट नगर खेलकुद विकास समिति अध्यक्ष तथा वडा अध्यक्ष भिमबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालन स्रोतव्यक्ति खुमकान्त खनालले गर्नुभएको थियो ।

Facebook Comments Box
TOP