भीरकोटमा चार दिने माटो परिक्षण शिविर सम्पन्न

वर्षा पंगेनी/भिरकोट,
माटो तथा मल परिक्षण प्रयोगशाला पोखराको प्राविधिक सहयोगमा चार दिने माटो परिक्षण शिविर भीरकोटमा सम्पन्न भएको छ । भीरकोट नगरपालिकाको आयोजनामा माटो परिक्षण शिविर गरिएको हो । शिविरमा भीरकोट नगरपालिका ५, ६, ७, ८ र ९ गरी ५ वडाको माटो परिक्षण गरिएको हो । भिरकोट ५ स्थित पशुपती आधारभुत विद्यालयमा पहिलो चरणको माटो परिक्षण शिविर गरिएको थियो भने कृषि सेवा केन्द्र दहथुममा १ देखि ४ वडा सम्मलाई लक्षित गर्दै शिविरको आयोजना गरिएको भिरकोट नगरपालिकाले जनाएको छ ।
पहिलो चरणको माटो परिक्षण शिविरमा वोल्दै उपप्रमुख सिमा केसीकर्माचार्यले नगरपालिकाले कृषिलाई प्राथामिकतामा राखेको भन्दै आधुनिक कृषि प्रणालीमा लाग्नका लागी पनि माटो परिक्षण आवश्यक रहेको बताउनुभयो । साथै उहाँले कृषकले माटो परिक्षण गरी सोही अनुसारका कृषि तथा अन्नबाली लगाउन सक्ने भएकाले कृषकहरुको सहजतालाई मध्यनजर गर्दै शिविरको आयोजना गरिएको बताउनुभयो ।
माटो परिक्षणवाट कृषकहरुलाई प्रत्यक्ष फाईदा पुगेको ५ नम्वर वडाका अध्यक्ष यामप्रसाद अधिकारले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…