भजन गायक लोकेन्द्रको वैकुण्ठमा सरर सार्वजनिक (भिडियो सहित)

आँधीखोला खवर / वालिङ :
पन्डित तथा रास्ट्रिय भजन गायक लोकेन्द्र सापकोटाको नयाँ भजन बैकुण्ठमा सरर भखरै तरेली संगितकुन्ज बाट सार्वजनिक भएको छ बुटवल लुम्बिनी नामक लोकदोहोरी गितबाट औपचारिक साङिगितिक यात्रा सुरु गरेका सापकोटाको प्रभुकै पर भर नामक भजन अत्यन्तै मन पराईएको भजन हो उनको करिब एकदर्जन भजन तथा अन्य लोकदोहोरी गितहरु बजारमा छन् । साप्कोटाका दश,ै तिहार, तिज लगायतका चाड पर्व केन्द्रित गित पनि बजारमा रहेका छन । पछिल्लो समय बजारमा आएको यो भजनमा सापकोटाको आफनै लय र शब्द रहेको छ भने सापकोटा र शिलु भट्टराई को स्वर ले सजिएको छ् । यसलाई छायांकन, सम्पादन तथा निर्देशन बिष्णु भट्टराई ले गरेका छ्न । सापकोटा ज्योतिष परिषद रुपन्देहीको उपाध्यक्ष तथा कथाबाचक पनि हुन । स्याङ्जाको गल्याङ—७ सिरौंसामा जन्मेका सापकोटाको लोकाकमृत प्रभु सगित भजन सङ्ग्रह पनि केही समय अगाडि गुड्विल पब्लिकेसन्स काठमाडौंबाट सार्बजनिक भएको थियो ।

भिडियो :

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP