ब्युटि–पार्लर एशोसिएसन स्याङ्जाको अध्यक्षमा पुष्पा अर्याल निर्वाचित ।
कला राना / स्याङ्जा
ब्युटिपार्लर एशोसिएसन स्याङ्जा शाखाको अध्यक्षमा पुष्पा अर्याल निर्वाचित हुनुभएको छ । शनिबार वालिङमा सम्पन्न ब्युटिसियनहरुको भेलाले अध्यक्षमा अर्याललाई चयन गरेको निर्वाचन संयोजक राधाकृष्ण डुम्रेले बताउनुभयो । भेलाले अर्यालको अध्यक्षतामा ११ सदस्यीय २ वर्षे कार्यसमिति चयन गरेको हो । एशोसिएसनको उपाध्यक्षमा कल्पना आले, सचिवमा पमिला गुरुङ, सहसचिवमा मनकुमारी मगर, कोेषाध्यक्षमा बिमला थापा, सहकोषाध्यक्षमा किरण गुरुङ रहनुभएको छ भने सदस्यहरुमा लक्ष्मी चापागाँई, अरुणा क्षेत्रि, नितु गुरुङ, शब्बु राना र रीमा थापा रहनुभएको छ ।
एशोसिएसन जिल्लाका सम्पुर्ण ब्युटिसियनहरुको साझा संस्था हो । संस्थाले ब्युटिसियनहरुको शिप तथा दक्षता अभिवृद्धिका लागि विभिन्न तालिम दिने, पेशागत चुनौतीलाई पार गर्न सहयोग गर्ने, व्यवसाय र व्यक्तित्व विकास गर्ने, व्यवसायमा एकरुपता ल्याउने, व्यवसाय दर्ता गरी प्रक्रिया सम्मत व्यवसाय सञ्चालन गर्न गराउने प्रोत्साहन गर्ने, व्यवसायीहरुलाई विना धितो ऋण लिन सहयोग गर्ने, व्यवसायिक शिक्षाका लागि अभिप्रेरण प्रदान गर्न सहयोग गर्नेछ ।
कार्यक्रममा वालिङ नगरपालिकाका उपप्रमुख कल्पना तिवारीले ब्युटिपार्लर क्षेत्र पछिल्लो समयमा निकै फराकिलो हुँदै गईरहेको भन्दै यसबाट महिलाहरु आर्थिक रुपमा समेत सक्षम बन्दै गएको बताउनुभयो । सौन्दर्यकला प्रति महिला दिदिबहिनीहरुको आर्कषण बढेको बताउदै उपप्रमुख तिवारीले महिलाहरुलाई सक्षम र दक्ष बनाउन सघाउ पुग्ने बताउनुभयो । कार्यक्रममा ब्युटिपार्लर एशोसिएसनका संस्थापक अध्यक्ष चिनु गुरुङ, एशोसिएसन कास्की तथा व्युटिसियन संघ गण्डकी प्रदेशका अध्यक्ष कल्पना कोईराला,नवनिवार्चित सचिव पमिला गुरुङ,तुल्सी गुरुङ लगायतले बोलेका थिए । कार्यक्रममा नवनिवार्चित अध्यक्ष पुष्पा अर्यालले संस्थाको हितका लागि कार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले व्युटिसियनको समग्र हितको लागि सवैसँग मिलेर काम गर्ने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो । नवनिर्वाचित पदधिकारीहरुलाई निर्वाचन संयोजक राधाकृष्ण डुम्रेले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।
एशोसिएसन स्याङ्जाका अध्यक्ष लिसु अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सञ्चालन प्रदेश सचिव बबिता कार्कीले गर्नुभएको थियो । यसैबीच कार्यक्रममा हेयर केयर सम्बन्धी सेमिनार समेत सम्पन्न भएको छ । सेमिनारमा वरिष्ठ ब्युटिसियन चिनु गुरुङले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा जिल्लाभरीका डेढ सय ब्युटिसियनहरुको सहभागिता रहेको थियो ।
समाचार
थप सामाग्री-
गरिमा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त
-
दहथुम बहुमुखी क्याम्पसमा ७१ जना विद्यार्थीलाई छात्रवृत्ति
-
वालिङ कर्मचारी सहकारीका सदस्यलाइ सहकारी शिक्षा तालिम
-
अर्जुनचौपारी सर्वोकृष्ट गाउँपालिका घोषित, नेपाली कांग्रेसले गर्यो सम्मान
-
बालबालिकालाई संस्कृतिसँग जोड्दै सामाजिक विकास कार्यालय ।
फोटोग्राफरहरुले गरे मिर्गौला पीडितलाई सहयोग
६ दिन अगाडि
हिमाल न्यौपाने/गल्याङ : फोटोग्राफर मञ्च स्याङ्जाले मिर्गाैला पीडितलाई सहयोग गरेको छ । गल्याङ नगरपालिका–६ पिढिखोलाका शेरबहादुर थापाको श्रीमती २९ बर्षिया…