बौद्धिक अपांगहरुका लागि दिवा सेवा संचालन हुने
आँधीखोला खवर/ स्याङ्जा,
स्याङ्जा अपांग समाज स्याङ्जाले बौद्धिक अपांगता भएका ब्यक्तिहरुका लागि दिवा सेवा संचालन गर्ने सम्बन्धमा अन्र्तक्रिया गरेको छ । अन्र्तक्रियामा अपांग समाजका अध्यक्ष युवराज पराजुलीले दिवा सेवा केन्द्र संचालन सम्बन्धि अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो । समाजले आफनो भवन पुतलीबजार नगरपालिका १ वीरेन्द्रनगरका आसपास करिब ५ किलोमीटर वरपर बस्ने २० जना बौद्धिक अपांगता भएका ब्यक्तिलाई पहिलो पटक दैनिक सेवा उपलब्ध गराउने निर्णय गरेको छ । कार्यक्रममा सचिव राम शर्मा पोखरेल, सहकोषाध्यक्ष नारायणप्रसाद भण्डारी, सदस्य सरिता थापा, सदस्य ऋषिकुमार रेग्मी, अभिभावकहरु श्रीप्रसाद गुरुङ, भीमबहादुर थापा, डिलमाया कुमाल, आया मिना रोका थापा लगायतले समाजको सकारात्मक कार्यका लागि सबैको सहयोग आवश्यक रहनेमा जोड दिनुभएको थियो । समाजले दिवा सेवा यही साताभित्र दैनिक संचालनमा ल्याउने जनाएको छ ।
समाचार
थप सामाग्रीगल्याङ प्रिमियर लिग क्रिकेट : गल्याङ ईगल्स र गल्याङ ब्लास्टर फाईनलमा ।
४ दिन अगाडि
वालिङ : स्याङजाको गल्याङमा सञ्चालित ‘गल्याङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता’ (जिपिएल) को फाईनलमा गल्याङ ईगल्स र गल्याङ ब्लास्टर प्रतिस्पर्धा गर्ने…