बालसिद्ध माविले गाँउ मै चलायो आफ्नै बस ।

आँधीखोला खवर/केवरे :
स्याङ्जाको वालिङ नगरपालिका वडा नं ७ केबरेको बालशिद्ध माविले बस सञ्चालनमा ल्याए पछि विद्याथीहरुको सङ्ख्यामा वृद्वि भएको छ ।
२०३२ सालमा मावि सञ्चालन ल्याएसँगै विद्यालयले निःशुल्क शिक्षा प्रदान गर्दै आएकोछ पछिल्लो पटक विद्यालयले डिप्लोमा तह सम्म कै शिक्षा निःशुल्क प्रदान गर्दै आएको छ ।
भारत सरकारले गणतन्त्र दिवसको अवसर पारेर स्कूललाई बस प्रदान गरेपछि विद्यालयमा पढ्न आउने विद्यार्थीको सङ्ख्यामा वृद्वि भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीकान्त रेग्मीले जानकारी दिनुभयो । बस सञ्चालनमा ल्याएसँगै झण्डै सय जना विद्यार्थी थपिएका अध्यक्ष रेग्मीको भनाईछ ।

उहाँले गल्याङ नगरपालिका तथा चापाकोट नगरपालिकाका छिमेकी वडाहरुबाट समेत विद्यार्थीहरु आउने गरेको जानकारी दिनुभयो । बस सञ्चालनमा आएपछि विद्यार्थीहरु विद्यालय आउन सहज भएको बिद्यार्थीहरुले बताएकाछन् ।
बिद्यार्थीहरु दौडधुप गरी बिद्यालय आउनु पर्ने समस्यको निकारण भए पछि विद्यार्थीहरुको पढाईको स्तर वढ्ने विश्वास लेखा शिक्षक भूपराज अर्यालको छ ।
विद्यालय व्यवस्थापन समितिका सदस्य गौं बहादुर गुरुङ्ले भन्नु भयो स्थानीयबासी अभिभावक राजनीतिक दल सवैको साथ र सहयोगले विद्यालयलाई उत्कृष्ट बनाउन सफल भएकाछौं ।
आफूहरु नमुना विद्यालय बनाउने अभियानमा जुटेको सदस्य गुरुङको भनाईछ ।
समाचार
थप सामाग्री-
स्याङ्जामा बालिकालाई जवरजस्ती करणी गर्ने एक पक्राउ
-
उपकारको अधिवेशन असोज २९ देखि, उमेद्वार हुन तालिम र परीक्षा पास अनिवार्य
-
वालिङमा बसपार्क निर्माण गर्न नगर बिकास कोषसंग ऋण सम्झौता,नमुना बषपार्क बन्ने ।
-
राष्ट्रिय लोक तथा प्रतिष्ठान स्याङ्जाको वार्षिक साधारणसभा सम्पन्न
-
सरकार र शिक्षकहरूबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

भीरकोटले दियो प्राविधिक शिक्षाका लागि छात्रावृत्ति
३ दिन अगाडि
भीरकोट : स्याङ्जाको भीरकोट नगरपालिकाले ६ जना विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि पूर्ण छावृत्ति प्रदान गरेको छ । वालिङ नगरपालिकामा…