बढ्यो कर्मचारीको तलब

संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/०७७ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले १८ देखि २० प्रतिशत तलब वृद्धिको घोषणा गरेका हुन् ।

राजपत्र अनंकिततर्फ २० प्रतिशत र राजपत्रांकिततर्फ १८ प्रतिशत हुने गरी वृद्धि गरिएको तलब आगामी साउन १ गतेदेखि लागू हुनेछ ।

यससँगै खरदारदेखि नायव सुब्बासम्मका कर्मचारीको तलब २० प्रतिशत र शाखा अधिकृतदेखि मुख्यसचिवसम्मका कर्मचारीको तलब १८ प्रतिशत बढेको छ ।

अंकमा हिसाब गर्दा सबैभन्दा कम खरदारको ४ हजार ४३४ तथा मुख्य सचिवको तलब ९ हजार ९३६ रुपैयाँ बढेको छ ।

बढेको तलब जोड्दा खरिदारको तलब २६ हजार ६०४ तथा मुख्य सचिवको तलब ६५ हजार १३६ पुग्छ । 

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP