फेदिखोलाका विद्यालय र समुदाय प्रविधिसँग जोडिदै ।


आँधीखोला खवर/ फेदीखोला :
फेदिखोला गाँउपालिका वडा नम्वर ५ बाँगेफड्केमा रहेको मैदान मावि प्रविधिसंग जोडिदै गएको छ । आँधीखोला भ्याली प्रोजेक्ट रोटरी क्लब अफ हिमालयन गोर्खाजको सहयोग र स्थानीय सरकार फेदीखोला गाँउपालिकाको साझेदारीमा कम्प्युटर ल्याबको स्थापना गरिएको हो ।
विद्यालयमा कम्युटर र ईन्टरनेटको सहज व्यवस्था भए पछि शिक्षक, विद्यार्थी र अन्य कर्मचारी समेत उत्साहका साथ कम्पयुटर सिक्न थालेका छन् । त्यस्तै स्थानीय समुदाय समेत कम्युटर शिक्षा प्रति चासो राख्दै आउने गरेको विद्यालयले जनाएको छ ।

विद्यार्थीलाई सुचना र प्रविधिको बारेमा उत्कृष्ट ज्ञान दिने उद्देश्यले विद्यालयमा सुविधा सम्पन्न कम्युटर ल्यावको स्थापना गरिएको फेदिखोला गाँउपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताउनु भयो । उहाँले फेदीखोलाका अन्य विद्यालयहरु समेत सुचना प्रविधीमैत्री बनाउने योजना रहेको जानकारी दिनुभयो ।

समाचार
थप सामाग्री
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
१ महिना अगाडि
पोखराको लेकसाइड क्षेत्रमा आयोजना हुने भनिएको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ को स्थान परिवर्तन भएको छ । लेकसाइड क्षेत्रमा…