प्राविधिक शिक्षा अहिलेको आवश्यक्ता —सांसद गुरुङ

भवानी अधिकारी/स्याङजा,
पुतलीबजार नगरपालिका ९ कोल्मामा रहेको कोल्मा बराहचौर सामुदायिक क्याम्पसको सातौ बार्षिकोत्सब तथा दोस्रो साधारसभा सम्पन्न भएको छ । साधारसभामा प्रदेश सभा सदस्य मिन प्रसाद गुरुङ्ले प्राबिधिक शिक्षा अहिलेको आवश्कता रहेको बताउनुभयो । स्याङ्जाको पहिलो सामुदायिक क्यापसको बिकासमा जोड दिदै गुरुङ्ले सबै क्याम्पसहरु प्रबिधितिर जुटनु पर्नेमा जोड दिनुभयो । साधारण सभामा समाजसेवी नबिन प्रकश गुरुङ्, वडा अध्यक्ष लिल प्रसाद गुरुङ्, प्राचार्य टुक नारायण शर्मा, समाजसेवी दिल कुमार भुजेल, लेख बहादुर नेपाली लगायतले मन्तब्य राख्नु भएको थियो । साधारण सभा क्याम्पस प्रमुख कृष्ण बहादुर कृष्ण बहादुर गुरुङ् बार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । साधारसभाले पुन मिन प्रसाद गुरुङ्को अध्यक्षतामा १५ सदस्यिय संचालन समिति गठन गरेको छ । सतेज बहादुर गुरुङ्को अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सहायक क्याम्पस प्रमुख सोम बहादुर रानाले गर्नु भएको थियो । यसैबिच कार्यक्रममा कक्षा १२ का बिद्यार्थी र वडा सचिब ऐश्वर्य पोख्रेललाई बिदाई गरिएको थियो ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…