प्रहरीसँग एक दिन कार्यक्रम सम्पन्न
भवानी अधिकारी/ स्याङजा,
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पुतलीबजार नगरपालिका ४ स्थित श्री रामकोष फुलवारी मा.विमा प्रहरीसंग एक दिन कार्यक्रम गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक राजकुमार लम्सालले नागरिक सहायता कक्षको काम र कर्तव्य र सेवाग्राहीलाई सहयोगको बारेमा जानकारी गराउनुभएको थियो । साथै, जिल्ला प्रहरी कार्यालय भवनको अवलोकन, प्रहरी परिचालन कक्ष र टोल फ्री नं. १०० को प्रयोग र प्रभावकारीता, अपराध अनुसन्धान शाखा, महिला तथा बालबालीका सेवा केन्द्र, कार्य तथा सामुदायिक शाखा, आकस्मिक सेवा, आदिको बारेमा प्रहरीले २४ सै घण्टा कसरी नागरिकको लागि सेवा प्रवाह गर्ने बारेमा जानकारी गराउनुभएको छ । यसैगरी, र प्रहरी नायब उपरीक्षक नबिनकृष्ण भण्डारीले शन्ति सुरक्षा, अमन चयनको व्यबस्थापन, अपराध रोकथाम, नियन्त्रण र अनुसन्धानका बारेमा समेत जानकारी गराउनुभयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु सुवेदी, प्रधानाध्यापक पुण्यप्रसाद उपाध्याय र छात्र छात्राहरुको तर्फबाट बिशाल भण्डारीले यस्ता कार्यक्रमले प्रहरी र बिद्यार्थीबीचको सम्बन्धमा सकारात्मक प्रभाव पर्ने बताउदै यस्ता कार्यक्रमको निरन्तरताको लागि शुभकामना ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा कक्षा ९ र १० मा अध्ययनरत २७ जना बिद्यार्थी सहभागी थिए ।
समाचार
थप सामाग्री-
मातृभूमि सेवा समाज नेपालको अध्यक्षमा पराजुली
-
स्याङ्जा-२ मा रास्वपाबाट उम्मेदवार बने झबिलाल
-
कांग्रेस सभापति थापा र पूर्ब सांसद श्रेष्ठद्वारा चुनाव नलड्ने घोषणा ।
-
एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्ग्यायो यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित)
-
प्रथम ॐ कार कपको उपाधि एनएएफसी पोखरालाई
स्याङ्जामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थपियो ।
३ दिन अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जामा आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि आह्वान भएको निर्वाचन प्रहरीको भर्ना म्याद दुई दिन थप गरिएको छ ।…


