प्रदेश सांसद मल्लको पहलमा दामाचौर-हिलामराङ्ग-तनहुँ जोड्ने सडकका लागि ४२ करोड बिनियोजन ।

आँधीखोला खवर/चापाकोट :
गण्डकी प्रदेश सांसद भागवत प्रकाश मल्लको सक्रियतामा स्याङ्जा तनहुँ जोड्ने सडक निर्माणका लागि ४२ करोड विनियोजन भएको छ । सांसद मल्लको पहलमा दुई पालिका दुई जिल्ला जोड्ने प्रदेश स्तरिय कार्यक्रमबाट चापाकोट नगरपालिकाको दामाचौर हिलामराङ्ग खासा भन्ज्याँङ्ग घुर्पाल, हरिनासको दग्दी चित्रे हुँदै तनहुँ जोड्ने सडकका लागि बजेट विनियोजन भएको हो ।
सांसद मल्ल नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं २ ख बाट निर्वाचित हुनुभएको हो । यस सडकका लागि टेन्डर आब्हान भईसकेको र सुरुमा ११ किलोमिटर पिच गरिने र त्यस पछि पुन बजेट बिनियोजन गरिने प्रदेश साँसद मल्लले जानकारी दिनुभयो । उक्त सडक निर्माण हुना साथ पछाडि परेको बस्ती चापाकोटको हिलामराङ्ग खासा भन्ज्याँङ्ग घुर्पाल हरिनासको गैर्हाखोला दग्दी क्षेत्रका जनता प्रत्यक्ष लाभान्वित हुने बताईएकोछ । तनहुँको भिमाद हुँदै छोटो दुरिमा काठमाडौ पुगिने र भाडा पनि निकै कम पर्ने हरिनास तथा चापाकोट क्षेत्रका बासिन्दाको वुझाईछ ।
समाचार
थप सामाग्री-
स्याङ्जामा बालिकालाई जवरजस्ती करणी गर्ने एक पक्राउ
-
उपकारको अधिवेशन असोज २९ देखि, उमेद्वार हुन तालिम र परीक्षा पास अनिवार्य
-
वालिङमा बसपार्क निर्माण गर्न नगर बिकास कोषसंग ऋण सम्झौता,नमुना बषपार्क बन्ने ।
-
राष्ट्रिय लोक तथा प्रतिष्ठान स्याङ्जाको वार्षिक साधारणसभा सम्पन्न
-
सरकार र शिक्षकहरूबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

भीरकोटले दियो प्राविधिक शिक्षाका लागि छात्रावृत्ति
४ दिन अगाडि
भीरकोट : स्याङ्जाको भीरकोट नगरपालिकाले ६ जना विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि पूर्ण छावृत्ति प्रदान गरेको छ । वालिङ नगरपालिकामा…