पुतली बजार नगरपालिकाले सार्वजनिक गर्यो दुई वर्षको प्रगती ।

भवानी अधिकारी / स्याङ्जा :
पुतलीबजार नगरपालिकाले दुई बर्षको उपलब्धी सार्वजनिक गरेको छ । नगरपालिकाले जनप्रतिनिधी आए पछि गरेका प्रगतिको विवरण सार्वजनिक सँगै आगामी वजेटको लागि सुझाव समेत संकलन गरेको छ ।


कार्यक्रममा वोल्दै संघीय सांसद नारायणप्रसाद मरासीनीले पुतलीबजार नगरपालिका प्रणालीगत ढंगबाट अघि बढेको भन्दै दुई वर्षमा नगर पालिकाको विकासका रुपरेखा कोरिएको बताउनुभयो । नगरलाई राम्रो र हाम्रो नबनाएसम्म नगरबासीको भविष्य उज्वल नहुने बताउदै सांसद मरासीनीले सुनसान हुदै गएको सदरमुकामलाई जागरुक बनाउन सत्ता पक्ष र प्रतिपक्ष हातेमालो गर्दे अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।
सांसद मरासीनीले सदरमुकामलाई केन्द्र बनाएर छिमेकी जिल्लासंगको सम्बन्ध बनाउदै सुरुङ मार्ग, आँधीखोला हाइड्याम्प, राम्दी पुल निर्माणको आवश्यकता रहेको बताउनुभयो । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य दिपक थापा, जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दास, नेकपाका अध्यक्ष सुरज गैह्रै पारश, नेपाली कांग्रेसका कार्यवाहक सभापति बुद्धिबहादुर राना कुमार, सहायक प्रमुख जिल्ला अधिकारी धु्रव गिरी, नेकपा पुतलीबजार नगर अध्यक्ष तारा शर्मा, महिला नेतृ मखमली श्रेष्ठ लगायतले सुझाव एवं टिप्पणी गर्नुभएको थियो ।

नगरप्रमुख सीमा क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख महेश पुरीले स्वागत एवं वडा अध्यक्ष ओमबहादुर खड्काले संचालन गर्नुभएको थियो । पद बहालीको दुई बर्षे अवधि पुरा गरेको अवसर पारेर आयोजित सो कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत रुद्रबहादुर मल्लले दुई बर्षभित्रमा नगरपालिकाले सम्पन्न गरेका स्थानीय तह, प्रदेश र संघीय सरकारको सहयोगमा संचालित कार्ययोजनाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

Facebook Comments Box
TOP