पुतलीवजार—७ मा सञ्चालित स्वास्थ्य शिविरबाट ६३७ जना लाभान्वित ।

आँधीखोला खवर/ स्याङ्जा :
पुतलीबजार नगरपालिका वडा नम्बर ७ को आयोजनामा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा ६ सय ३७ जना विरामी लाभान्वित भएका छन् ।
कास्की मोडेल अस्पतालसँगको सहकार्यमा सञ्चालन गरिएको शिविरमा निशुल्क औषधी समेत वितरण गरिएको वडाध्यक्ष विशेश्वरप्रसाद रेग्मीले बताउनुभयो ।
शिविरमा प्रोटिन तथा सुगर जा“च गरी मृगौला रोग सम्बन्धि विशेष उपचारमा सहयोग गरिएको थियो । निशुल्क रुपमा गाँउ मै खकार परिक्षण गरी क्षयरोग बारे जानकारी लिन पाउदा वडावासी निक्कै खुशी भएका थिए ।
शिविरमा चिनी रोगका ६५ जना, उच्च रक्तचापका ९०, छातीका ४०, ग्याष्ट्रिकका ९५, भाइरल ज्वरो ३०, नशा च्यापिएका हड्डी खिइएका ६०, बाथरोग सम्बन्धि २५, आङ् खस्ने समस्याका १५, तल्लो पेट दुख्ने ६०, सेता पानी बग्ने र संक्रमण भएका ४५ जनाले परीक्षण गराएका थिए । यसैगरी दा“ज, छाला सम्वधी समस्या, घामको एलर्जी, लुतो, लगायतको उपचार गराइएको थियो ।
निमोनिया, भाइरल ज्वरो, रुघाखोकी, झाडापखाला लगायतका ५५ जना विरामीले सेवा लिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार शिविरमा ६ जना चिकित्सको उपस्थिति रहेको थियो भने, करिब ३ लाख ५० हजार बराबरको निःशुल्क औषधी वितरण गरिएको थियो ।
समाचार
थप सामाग्री-
आमा औसीको अवसरमा बुद्धाश्रममा सामग्री वितरण र गण्डकी कोटिहोममा महायज्ञको उत्साह
-
गण्डकी कोटिहोम महायज्ञ प्रचारका लागि साइकल र्याली सम्पन्न
-
व्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिम ।
-
धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन पोखरामा साइकल र्याली हुने ।
-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।

सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
४ हप्ता अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगीको मुद्दा थुनामा पठाउन उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आदेश दिएको…