नेपाल लाईफले गर्यो बैदेशिक रोजगार अन्तर्गत म्यादी बिमाको दावी भुक्तानी ।

बर्षा पंगेनी / वालिङ :
नेपाल लाईफ ईन्स्योरेन्स कम्पनीले बैदेशिक रोजगार म्यादी बिमा अन्तर्गतको स्थायी असक्तता दावी वापतको रकम भुक्तानी गरेको छ । नेपाल लाईफको वालिङ शाखामा आयोजित कार्यक्रममा पुतलीवजार नगरपालिका १ का भिम प्रसाद काफ्लेको परिवारलाई म्यादी विमा वापतको रकम प्रदान गरिएको हो । काफ्लेले २०७३ चैत्रमा श्रम बिभागमा श्रम स्वीकृति गराउने क्रममा नेपाल लाईफ ईन्स्योरेन्स मार्फत म्यादी बिमा गर्नु भएको थियो । उहाँले रु ६ हजारको अनिवार्य म्यादी बिमा गरेको नेपाल लाईफले जनाएको छ ।

नेपाल लाईफ वालिङ शाखाका प्रवन्धक जगन्नाथ ढकालले काफ्लेकी श्रीमती सीतालाई रु ५ लाख ५० हजारको चेक हस्तान्तरण गर्नुभएको हो । स्थायी अशक्तता वापत काफ्लेले पाउने रु ६ लाख मध्ये रु ५० हजार नेपाल लाईफमा नै १० बर्षको लागि बचतमा राख्नु भएको प्रवन्धक ढकालले जानकारी दिनुभयो ।
मलेशिया गएको एक बर्ष नवित्दै बिरामी परेका काफ्लेलाई त्यँहीको अस्पतालले स्थायी अशक्त भन्दै रिपोर्ट दिएको उहाँकी श्रीमती सीता काफ्लेले जानकारी दिनुभयो । अघिल्लो दिन सामान्य टाउको दुखे पछि औषधी खाएर सुतेका काफ्ले भोलिपल्ट गंभिर अवस्थामा पुगेपछि सँगै वस्ने साथीहरु विष्णु प्रसाद काफ्ले,ईन्द्र खनाल र कृष्ण प्रसाद अर्यालले अस्पताल पुर्याएका परिवारले जनाएको छ ।

काफ्लेको दुई छोरा र श्रीमती रहेका छन् । म्यादीे बिमा बापतको रकमले घर चलाउन राहत पुग्ने काफ्लेकी श्रीमती सीताले बताउनुभयो । बैदेशिक रोजगारलाई ब्यवस्थित बनाउन जरुरी रहेको काफ्लेको आफन्त पिपला काफ्लेको भनाइ छ । उहाँले रोजगारको खोजीमा बिदेश जाने नेपालीहरुलाई उचित शीप प्रदान गर्ने हो भने बिदेशमा रहदा अनावश्यक तनाव नहुने जिकिर गर्नुभयो ।
रोजगारको लागि बिदेश जाने व्यक्तीले अनिवार्य श्रम गर्नुपर्ने व्यवस्था छ श्रम गर्ने क्रममा प्रत्येक पटक नै म्यादी बिमा समेत गर्नुपर्ने प्रावधान रहेकोछ ।
समाचार
थप सामाग्री
प्रेस चौतारी स्याङ्जाको अध्यक्षमा अर्याल
१ हप्ता अगाडि
स्याङ्जा : प्रेस चौतारी नेपाल स्याङ्जाको अध्यक्षमा मणीप्रसाद अर्याल चयन हुनु भएकाे छ। बुधबार सम्पन्न छैठौं जिल्ला अधिवेशनले अर्यालको नेतृत्वमा…