दहथुम बहुमुखी क्याम्पसको १० औ बार्षिक साधारण सभा

आँधीखोला खवर/ भिरकोट :
भिरकोट नगरपालिकामा अवस्थित दहथुम बहुमुखी क्याम्पसको १० औ बार्षिक साधारण सभा आज सम्पन्न भएको छ । कार्याक्रममा नगरप्रमुख छायाराम खनालले बोल्दै भिरकोट नगरपालिकाको पहिलो क्याम्पस भएको बताउदै क्याम्पसको शैक्षिक तथा भौतिक विकासको लागी नगरपालिकाले सहयोग गर्ने बताउनुभयो साथै बिद्यार्थीको पढ्ने अधिकारको सु्निच्चित गर्ने नगरपालीकाको दायित्य रहेको बताउदै गुणस्तरीय र व्यवहारीक शिक्षा प्रदान गर्नेनगरपालिकाको दायित्व भित्रपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा वडा अध्यक्षहरु लक्ष्मण अधिकारी , कमल त्रिपाठी ,श्यामकाजी अधिकारी , कर्णबहादुर श्रेष्ठ ,मिनप्रसाद कोईराला ,सन्तोष केसी ,गोविन्द कुमार कर्माचार्य ,लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । विद्यालयको प्रतिवेदन क्याम्पस संचालन समितीका अध्यक्ष पिताम्बर श्रेष्ठले र विद्यालयको शैक्षिक गतिविधी लगायत आर्थिक प्रतिवेदन क्यापस प्रमुख नेत्रनारायण रेग्मीले प्रस्तुत गर्नुभएको थियो ।
क्याम्पस संचालन समितीका अध्यक्ष पिताम्बर श्रेष्ठको सभापतित्वमा समितिका उपाध्यक्ष विश्वनाथ अर्यालको स्वागत , धन्यवाद क्षेत्र बहादुर थापा र शिक्षक डोलप्रसाद रेग्मीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जामा बालिकालाई जवरजस्ती करणी गर्ने एक पक्राउ
-
उपकारको अधिवेशन असोज २९ देखि, उमेद्वार हुन तालिम र परीक्षा पास अनिवार्य
-
वालिङमा बसपार्क निर्माण गर्न नगर बिकास कोषसंग ऋण सम्झौता,नमुना बषपार्क बन्ने ।
-
राष्ट्रिय लोक तथा प्रतिष्ठान स्याङ्जाको वार्षिक साधारणसभा सम्पन्न
-
सरकार र शिक्षकहरूबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

भीरकोटले दियो प्राविधिक शिक्षाका लागि छात्रावृत्ति
४ दिन अगाडि
भीरकोट : स्याङ्जाको भीरकोट नगरपालिकाले ६ जना विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि पूर्ण छावृत्ति प्रदान गरेको छ । वालिङ नगरपालिकामा…