दलित कृषकहरुलाई मौरी सहितको आधुनीक घार वितरण ।

तस्वीर- चुत्र वहादुर महत
आँधीखोला खवर /भीरकोट
भीरकोट नगरपालिकाले दलित कृषकहरुलाई मौरी सहितको आधुनीक घार वितरण गरेको छ । लामो समय देखि कृषि पेशामा आवद्ध २१ जना दलित कृषकहरुलाई मौरी सहितको आधुनिक घार वितरण गरिएको हो । नगरपालिकाले ६० प्रतिशत अनुदानमा मौरीका घार उपलव्ध गराएको नगरपालिकाका प्रवक्ता दिपेन्द्र केसीले जानकारी दिनुभयो । आधुनिक मौरीको घार पाउने कृषकहरु मध्ये १० जनालाई मौरी दानी,पन्जा र रानी छेका लगायतका सामाग्री समेत वितरण गरिएको छ । मौरी पालनका लागि अति आवश्यक यी सामाग्रीहरु जिल्ला घरेलु कार्यालयले अनुदानमा उपलव्ध गराएको भीरकोट नगरपालिकाले जनाएको छ ।

कृषकहरुलाई मौरी पालनमा आकर्षित गर्ने उद्देश्यले मौरी सहितको आधुनिक घार वितरण गरिएको नगरपालिकाका प्रमुख छायाँराम खनालले बताउनुभयो । उहाँले मौरी पालनलाई व्यवशायीक बनाउने उद्देश्यले घार वितरण गरिएको जानकारी दिनुभयो ।

समाचार
थप सामाग्री
माग बढेसँगै कोदो खेतीतर्फ कृषकको आकर्षण बढ्यो
३ दिन अगाडि
राधाकृष्ण डुम्रे/स्याङ्जा : मौसम सफा भएसँगै स्याङ्जाका किसानहरूले कोदो भित्र्याउन व्यस्त भएका छन् । निरन्तरको वर्षा रोकिएपछि पछिल्लो एक हप्तामा…


