दलित कृषकहरुलाई मौरी सहितको आधुनीक घार वितरण ।

तस्वीर- चुत्र वहादुर महत
आँधीखोला खवर /भीरकोट
भीरकोट नगरपालिकाले दलित कृषकहरुलाई मौरी सहितको आधुनीक घार वितरण गरेको छ । लामो समय देखि कृषि पेशामा आवद्ध २१ जना दलित कृषकहरुलाई मौरी सहितको आधुनिक घार वितरण गरिएको हो । नगरपालिकाले ६० प्रतिशत अनुदानमा मौरीका घार उपलव्ध गराएको नगरपालिकाका प्रवक्ता दिपेन्द्र केसीले जानकारी दिनुभयो । आधुनिक मौरीको घार पाउने कृषकहरु मध्ये १० जनालाई मौरी दानी,पन्जा र रानी छेका लगायतका सामाग्री समेत वितरण गरिएको छ । मौरी पालनका लागि अति आवश्यक यी सामाग्रीहरु जिल्ला घरेलु कार्यालयले अनुदानमा उपलव्ध गराएको भीरकोट नगरपालिकाले जनाएको छ ।

कृषकहरुलाई मौरी पालनमा आकर्षित गर्ने उद्देश्यले मौरी सहितको आधुनिक घार वितरण गरिएको नगरपालिकाका प्रमुख छायाँराम खनालले बताउनुभयो । उहाँले मौरी पालनलाई व्यवशायीक बनाउने उद्देश्यले घार वितरण गरिएको जानकारी दिनुभयो ।

समाचार
थप सामाग्री
शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय
२ हप्ता अगाडि
काठमाडौँ : सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्…


