तीन महिने निशुल्क सिलाई कटाई तालिम शुरु

तोलाकान्त बगाले / वालिङ :
गतिशील महिला बहुउद्धेश्यीय सहकारी संस्थाको आयोजनामा बुधबारबाट तीन महिने निशुल्क सिलाई कटाई तालिम शुरु भएको छ ।
तालिमको बुधबार वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले उद्घाटन गर्नुभएको हो । तालिमको उद्घाटन गर्दै नगर प्रमुख खाँणले तालिममा लगनशील भएर सीप सिक्न आग्रह गर्दै सिकेको सीपलाई दैनिक ब्यवहारमा लागू गरी आर्थिक उपार्जन गर्न सुझाव दिनुभयो ।

“हामी सबैसँग क्षमता छ आँफूसँग भएको क्षमतालाई सकारात्मक पाटोमा प्रयोग गर्नुहोस्” नगर प्रमुख खाँणले भन्नुभयो, “अब क्षमता लुकाएर होईन प्रयोगमा ल्याएर आर्थिक विकासतर्फ लाग्नुहोस् ।”
तालीम पश्चात ब्यवसायिकरुपमा उत्पादन भएका सामग्रीहरुले बजार नपाएमा वालिङ नगरपालिकाले सहजीकरणको ब्यवस्था मिलाउने नगर प्रमुख खाँणको भनाई थियो ।
महिला दिदीबहिनीहरुलाई सिलाई कटाई सम्बन्धी निशुल्क तालीम दिएर गतिशील महिला बहुउद्धेश्यीय सहकारी संस्थाले उद्यमशीलतातर्फ उन्मुख गराएको बताउनुभयो । संस्थागतरुपमा दक्ष कामदार उत्पादन गर्ने मुख्य उद्धेश्यले तीन महिने निशुल्क सिलाई कटाई तालिम सञ्चालन गरिएको संस्थाका अध्यक्ष कविता गैह्रेले बताउनुभयो ।
“महिला दिदीबहिनीहरुलाई सीप सिक्ने यो एउटा महत्वपूर्ण अवसरकोरुपमा मैले लिएकी छु” अध्यक्ष गैह्रेले भन्नुभयो, “तसर्थ तालिममा सिकेका सीपलाई दैनिक ब्यवहारमा लागू गर्न सके आम्दानीको पाटोकोरुपमा विकास गर्न सकिन्छ ।”

उद्घाटन समारोहमा समाजसेवी भुपराज बगालेले सिकाईलाई आर्थिक पक्षसँग जोड्नु आजको समयको माग भएको र तालिमको मुख्य उपलब्धी पनि सोही रहेको विचार ब्यक्त गर्नुभयो ।
संस्थाका अध्यक्ष कविता गैह्रेको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहको सञ्चालन ईन्दिरा अधिकारीले र स्वागत देवी रेग्मीले गर्नुभएको थियो । तालिममा ४० जना महिला दिदीबहिनीहरुको सहभागिता रहेको थियो ।
समाचार
थप सामाग्री-
नगर स्तरीय हाजिरजवाफ प्रतियोगितामा शिबालय मावि प्रथम ।
-
आर्मीलाई हराउँदै मधेस प्रदेशले जित्यो उपाधि
-
अमेरिकाबाट फर्किएर दिपकजङ्ग विश्वकर्माको शैक्षिक अभियान, ‘एक करोडको कोष निर्माण’ ।
-
पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने एलपी ग्यासको मूल्य यथावत्
-
नेपालको शिक्षामा हाम्रो साथ सहयोग हुने छ : क्रिश हयूज

लागुऔषध मुद्धामा संलग्न रही ११ बर्ष देखी फरार व्यक्ति पक्राउ
१ दिन अगाडि
स्याङ्जा : लागुऔषध (ब्राउन सुगर) हिरोईन मुद्धामा फरार रहेका एक पुरुषलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको छ । तत्कालिन…