ठगि गर्ने महिला पक्राउ
भवानी अधिकारी/स्याङजा,
ठगीको आरोपमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विरुवा गाउँपालिका ४ घर भई पुतलीबजार नगरपालिका ३ बस्ने ३९ वर्षीय सुनिता थापालाई पक्राउ गरेको छ । ३७ वर्षीय हुमबहादुर थापा र श्रीमति सुनिता थापाले जग्गा किनबेच गर्ने भनी विभिन्न व्यक्तिहरुलाई ३३ लाख ३९ हजार ठगी गरेको जिल्ला प्रहरी कार्यालयमा जाहेरी आएपछि प्रहरीले श्रीमती सुनितालाई पक्राउ गरेको हो ।थापा दम्पती लाई पक्राउ गरी कानुन बमोजिम कारबाही गरि पाउँ भनी विभिन्न व्यक्तिहरुले यही बैसाख १० गते प्रहरीमा जाहेरी दिएका थिए । निजहरुले दिएको जाहेरीका आधारमा प्रहरीले खोजतलास गर्दा सुनिता थापालई पक्राउ गरी जिल्ला अदालतमा पेश गरी ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडी बढाएको छ । थापा दम्पतीले जग्गा किन्न खोज्नुभएको छ रे, हामीले पनि जग्गा बेच्ने खोज्दै छौँ, जग्गा म सुनिता थापाको नाउँमा पुतलीबजार नगरपालिका ३ आमबोटमा छ, बाटोले छोएको, मुल्यवान घर समेत भएका जग्गाहरु अरुलाई दिनुभन्दा तपाईलाई नै दिँउला भनी बेईमानि पुर्वक ठगी गरेको पिडितहरुको आरोप छ । थापा दम्पतीले पुतलीबजार ८ की कल्पना थापाबाट ५ लाख ३६ हजार, वडा नंं. १३ की धनमाया आलेबाट २ लाख ५० हजार, वडा नं. ३ का रामबन्धु शर्माबाट १ लाख २३ हजार, पोखराका कमला नेपाल ढकालबाट २ लाख, पुतलीबजार ३ की यामकुमारी जिटीबाट ८० हजार, सोही स्थानकी संगिता गुरुङबाट २ लाख, श्रीकृष्ण नेपालबाट १ लाख, भोलानाथ शर्माबाट १ लाख, फेदिखोला ३ की नानु चापागाईबाट ९० हजार, पुतलीबजार ३ का सोममाया श्रेष्ठबाट ३ लाख, सोही ठाउँका रश्मी भन्ने राममाया श्रेष्ठबाट ८ लाख, भाजे कामीबाट १ लाख, तेजनाथ कुमालबाट ४५ हजार, डिलकुमारी हमालबाट १५ हजार, पुतलीबजार ९ की पार्वती गिरिबाट ४ लाख गरी ३३ लाख ३९ हजार ठगी गरेको जाहेरीको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रहरी नायव उपरिक्षक नविनकृष्ण भण्डारीले बताउनुभयो ।
समाचार
थप सामाग्री
प्रधानमन्त्री बालेनलाई स्याङ्जा–२ का सांसद झविलालले कुन-कुन विषयमा गराए ध्यानाकर्षण !
१ हप्ता अगाडि
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद झविलाल डुम्रेले सिद्धार्थ राजमार्गको स्तरोन्नतीको विषयलाई प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग राखेका…


