टाँडीमा हिरासत भित्र युवक झुण्डिएको अवस्थामा, बकुल्लहरमा गोली चल्यो, १५ बढी नियन्त्रणमा

चितवन,बैशाख २६ ।

ईलाका प्रहरी कार्यालय रत्ननगरको हिरासतमा रहेका एक युवक गम्भीर घाईते भएपछि स्थिति तनावग्रस्त बनेको छ ।कालिका नगरपालिका वडा नं. १ का समिर घिसिङ हिरासतभित्रको शौचालयमा उनैले लगाएको सर्ट (कमिज) मा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उक्त घटनापछि गम्भीर घाईते भएका घिसिङलाई उपचारका लागि भरतपुर अस्पताल ल्याईएको छ । घाइतेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।घिसिङको मृत्यु भएको भन्दै उनका आफन्त र स्थानीयले कार्यालयमा तोडफोड गर्नुका साथै केहीबेर पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । सो क्रममा प्रहरीले पाँचरसात राउण्ड हवाई फायर गर्नुका साथै अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले बताउनुभयो ।प्रहरीले बल प्रयोग गरी राजमार्ग नियमित गराएको छ । तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले १५ जनाभन्दा बढीलाई नियन्त्रणमा लिएको छ । घिसिङ वैशाख २५ गते चोरी अभियोगमा पक्राउ परेका थिए ।
रेडियो अर्पणबाट
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…